C.W. 2007

सेलिब्रेटि¨ वुमनहुड– २००७

All the nominees of Celebraitng Womanhood 2007

(१) भवानी - डा. चन्द्रलेखा शेरचन तुलाधर ( आंखा बिशेषज्ञ )
   यस बर्षको सेलिबे्रटि¨ वुमनहुड अन्र्तगतको भवानी अर्वाडबाट सम्मानित डा चन्द्रलेखा तुलाधर लामो समयदेखी स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा कार्यरत ब्यक्तित्वको नाम हो । नेपालकै एकमात्र कन्ट्याक्ट लेन्स बिशेषज्ञ डा तुलाधरको ब्यावसायिक क्षेत्र स्वास्थ्य भएतापनि उनंले हालसम्म शिक्षा तथा सामाजिक बिकाशमा परिवर्तन ल्याउन महत्वपुर्ण भुमिका खेल्दैआएकीे छिन । मुस्ताङ्ग पुर्खा भएका स्व.कृष्णमान तथा प्रसन्नदेबी शेरचनका ३ छोरा तथा ४ छोरीमध्येकी तेस्रो सन्तानका रुपमा २९ अक्टोबरमा उनको जन्म भएको हो । सन् १९६४ ब्याचअन्तर्गत सेन्टमेरिजकी छात्रा तुलाधरले लेढी हार्डिङ्ग मेडिकल कलेज दिल्लीबाट एमबिबिएस तथा युकेबाट ओथल्मोलोजीमा पोष्ट ग्रयाजुयटसम्मको अध्ययन पुरा गरेकी छिन् । त्यसका साथै उनले जापानबाट कन्ट्याक्ट लेन्समा स्पेशलाइजेशन गन् ि। गोरखा दक्षिणबाहु चौथोद्धारा सम्मानित तुलाधर आफुलाइ बिभिन्न काममा संधै ब्यस्त राख्नु नै आफ्नो बिशेषता भएको बताउंछिन् । प्रसुती गृहको ५ बर्षे सेवा तथा आंखा अस्पताल त्रिपुरेश्वरको ३ बर्षे सेवा अवधिमा आफुलाइ उनले सामाजिक सेवाबाट टाढा रहेको अनुभुति गरेपछि उनी जागिर छोडेर निस्वार्थभावले सेवा गर्ने काममा लागी पर्दै आएकी छिन् । बिभिन्न स्थान तथा समयमा  आंखा, दांत, प्रसुती लगायतका निशुल्क शिबिर चलाउंदै आएकी उनी संयुक्त राष्ट्रसंघिय महिला संघको अर्वडद्धारा पनि सम्मानित ब्यक्तित्व हुन् । त्यसबाहेक शिक्षा, जलस्रोत, बातावरण, ग्रामीण बिकाश आदि क्षेत्रमा मानिसहरुको सोचाइ परिवर्तन गर्ने खालका कार्यक्रम मार्फत उनी अगाडी बढिरेहकी छिन् । सानैदेखी शिक्षाको महत्वलाइ बिशिष्ठ ठान्ने परिवारमा हुर्केकाले शिक्षा नैे परिवर्तनको मुल जड भएको उनको तर्क छ । भन्छिन्– शिक्षाले पुर्ण बिकाशको अवधारणा बिकाश गर्छ त्यसैले म पुर्ण बिकाशका लागी सचेतनामुलक कार्यक्रमहरुमा जोड दिन्छु । 
आफैं काम गरेर बस्नु भन्दा पनि अरुलाइ सोही काम गर्न सक्ने क्षमता अभिबृद्धि गरिदिनु उनको मुख्य काम हो । करिब ४ बर्षअघि सरकारी बिद्यालयमा निशुल्क आंखा जांचको अवधारणा भित्र्याउने उनी एक्ली महिला हुन् । २ छोरी तथा एक छोराकी आमा डा. तुलाधर आफुले समाजका लागी केही योगदान दिन सकेकोमा आफुमाथि गर्व गर्छिन् । १ लाख बच्चाहरुको निशुल्क दृष्टि जांच गर्ने उनको अबको अर्को योजना रेहको छ । दृष्टि उनीहरुको अधिकार हो, उनी भन्छिन्– आंखाले नै मानिस सक्षम र बलियो बनाउंछ । यस बर्षको नवदेबी सम्मानका बिषयमा उनी भन्छिन्– यो खुशीको कुरा हो । तर मैले कहिल्यै पनि पुरस्कारका लागी काम गरिन् । अझै पनि भन्छु म आफ्नो काममा बिश्वास गर्ने मान्छे हुं ।
 
(२) सरस्वती - पुष्पा बस्नेत ( अध्यक्ष्य– प्रारम्भिक बाल बिकाश केन्द्र )
   ‘स्कुल–कलेजमा म त्यत्ति पढ्नमा अब्बल बिद्यार्थी भने होइन् । तर मैले मेरा बच्चाहरुको सही शिक्षाका लागी निक्कै मेहनत गरिरहेकी छु ।‘ जेलका बच्चाहरुलाइ आफ्नो केन्द्रमा ल्याएर गांस, बास, कपासका साथै शिक्षा प्रदान गरिरहेकी २४ बर्षिया युवती पुष्पा बस्नेतको जन्म आमा सरिता तथा बुवा पुर्ण बहादुर बस्नेतको कोखबाट काठमाण्डौको डिल्लीबजारमा भएको हो । आफ्नो शैक्षिककालमा पढाइमा त्यत्ति तिष्ण नभएपनि यसपटकको सेलिबे्रटिङ्ग वुमनहुडमा उनलाइ शिक्षा क्षेत्रमा बिशिष्ठ योगदान पुर्याएबापत प्रदान गरने सरस्वती अर्वाडले सम्मानित गरियो । 
    २ बर्षअघि प्रारम्भिक बालबिकाश केन्द्र स्थापना गरी जेलमा रहेका असहाय, गरिब तथा दोषी आमाका सन्तानलाइ होममा ल्याएर खान, लगाउन, बस्नका साथै शिक्षाको समेत प्रबन्ध मिलाउने काममा दत्तचित्त भएर लागेकी यिनीकहां अहिले २ देखी ८ बर्ष उमेरसमुहका ११ जना बालबालिकाले शिक्षा लिइरहेका छन् । यस्तो काम गर्ने सोच कसरी आयो ? जवाफमा उनी भन्छिन्– “एस.एल.सी फेल भएपछि म बालमन्दिरमा स्वयंसेवकको काम गर्न गएकी थिएं । त्यहांको अवश्था देख्दा यिनीहरुका लागी केही गरौं भन्ने भावना उति बेलै जागेको थियो । पछि कलेजबाट फिल्डवर्कका लागी कालिमाटी प्रहरी बिट जांदा मीरा चौधरीले जेलमा लिएर जानुभयो । त्यहां मैले थुप्रै त्यस्ता बच्चाहरु देखें जो पढ्न न त के खानसम्म नपाएर भोकै बसेका थिए । त्यसको लगत्तै केही साथीहरुसंग मिलेर आफ्नै लगानीमा उक्त केन्द्रको स्थापना गरेकी हुं ।”  सुखसयलमा हुर्किएकी पुष्पाको पारिवारिक पृष्ठभुमी आर्थिकरुपमा बलियो छ । तर उनी आफुसंग सबै चिज छ तर उनीहरुसंग छैन भोली उनीहरुको भबिष्य उज्वल बनाउनुपर्छ भन्ने हेतुले यसैमा लागिरिरहेकी छिन् । भन्छिन्–“ म आधुनिक युवापुस्ताकी युवती हुं । मलाइ पनि डिस्को जाउं, अमेरिका गएर बसौं भन्ने सोच कहिलेकाही आउंछ तर यो उमेरका हामीजस्ता युवापुस्ताले केही गरे देश बन्छ भने किन जानुपर्यो बिदेश ?” । उनलाइ जेलबाट आफ्नो केन्द्रसम्म बच्चा ल्याइपुर्याउन सहज छैन् । जेलडिपार्टमेन्ट संग सम्पर्क गरेर उनीहरु एकपक्षिय, बच्चाको आमा एकपक्षिय अनि पुष्पा आफु अर्को पक्षिय भएपनि मात्र कानुनी रुपमा उनले बच्चा ल्याउन पाउंछिन् । बच्चाहरुलाइ जेलभित्र नभएका सुबिधाहरु दिएर राखेको बताउंदै उनी भन्छिन्– म उनीहरु सबैकी आमा भएकी छु ं। सबैले ममी नै भनेर बोलाउंछन् । भिन्न बिचारधाराकी यिनी जहिले पनि समाजमा पृथक काम गर्न मन पराउंछिन् । सेलिब्रेटि¨ वुमनहुड–२०६४ मा सरस्वती उपाधिद्धारा सम्मानित भइसकेपछि खुशी हुदै उनले भनिन्– म स्कुल, कलेजमा पढ्नमा त्यति तेज बिद्यार्थी नभएपनि अहिले सरस्वती उपाधिद्धारा सम्मानित हुन पाउंदा ज्यादै खुशी लागेको छ । मैले यो अर्वाडको बारेमा कहिल्यै सोचेकी पनि थिइन् । यसले हामीजस्ता युवालाइ यस्ता काममा दत्तचित्त भएर लाग्न हौसला बढाएको छ । अबश्य म मेरो कामलाइ निरन्तरता दिइरहनेछु । 
 
(३) महामाया - बिमला श्रेष्ठ (क्षेत्री),( नृत्यांगना )
   आफ्नो सीप, कला तथा क्षमताद्धारा सबैलाइ मोहित पार्नसक्ने खुबी भएकी देबीलाइ महामाया भनिन्छ । त्यस्तै आफ्नो कुशल तथा पारंगत नृत्यद्धारा सबैमा मोह जगाउन सक्ने कलाकी खानी बिमला श्रेष्ठ यस बर्षको सेलिब्रेटि¨ वुमनहुडमा महामायाको उपाधिद्धारा सम्मानित भइन् । पांच दशक भन्दा बढी समय यसै क्षेत्रमा बिताएकी श्रेष्ठको जन्म पिता दुर्गालाल तथा माता कान्छि श्रेष्ठको कोखबाट बि.सं. २००५ सालमा काठमाडौको भेडासिंहमा भएको हो । सुन्दर अनुहारकी धनी श्रेष्ठले ४५ बर्षे राष्ट्रिय नाचघरको जागिरका क्रममा थुप्रै 
स्वदेशी तथा बिदेशी स्टेजहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । कत्थक, लोकनृत्य, शास्त्रिय नृत्यमा पोख्त उनले आमा, मनको बांध, राजमती, मजबुत, मायाप्रिती लगायतका आधा दर्जन चलचित्रमा आफ्नो कला पस्किसकेकी छिन् । त्यसो त उनी बि.सं. २०१९ सालताका प्रति गित ८ रुपैंयामा रेडियो नेपालमा गीत पनि गांउंथिन् । आधा शताब्दी सोही क्षेत्रमा ब्यतित गरिसकेकी श्रेष्ठको नाच हेर्न उबेलाका तत्कालिन राजा महेन्द्र पनि हुरुक्कै हुन्थे रे ।सुन्दर मुहार तथा आकर्षक ब्यक्तित्वकी धनी बिमला धेरैमाझ नेपाली हेलेनका रुपमा चिनिन्छिन् । उबेलाको समय, त्यमा पनि ठेट नेवारी परिवारमा जन्मिएकाले उनलाइ त्यसबेला नृत्यलाइ निरन्तरता दिन निक्कै मुस्किल परेको थियो । भन्छिन्– म जब कार्यक्रम प्रस्तुती सकेर घर फर्कन्थें टोलभरीका सबैको आंखा ममाथि हुन्थ्यो । त्यतीमात्र हो र कस्ता–कस्ता बचन सुन्नुपथ्र्यो । तर बिवाहा पछि पाइलट श्रीमान युवराजसिंह क्षेत्रीको सहयोग र प्रेरणाले मेरो करियरलाइ बिचैमा छाड्न परेन् । एक छोरा तथा एक छोरीकी आमा श्रेष्ठ अभ्यस्त तथा कुशल सितारबादक पनि हुन् । त्यसोत उनले गिती नाटक तथा नाटक जस्तो रंगमञ्चको क्षेत्रमा पनि कुशल अभिनय गरिसकेकी छिन् । कलाक्षेत्रमा अनवरत रुपमा आफुलाइ समर्पित गरिरहेकी श्रेष्ठ स्व.राजा महेन्द्रबाट स्वर्णपदक, रत्नबाट शाही सैनिक पदक, स्व. बिरेन्द्रबाट इन्द्रराज्यलक्ष्मी पुरस्कार, गोरखादक्षिणबाहु चौथो र पांचौं, त्रिशक्ती पट्ट तेस्रो, बिरेन्द्र–ऐश्वर्य सेवा पदक, शास्त्रिय प्रतिभा पुरस्कार, साधना कला सम्मान लगायतका २ दर्जन भन्दा बढी सम्मान तथा पदकबाट सम्मानित भैसकेकी छिन् । जस्तै बिपदको अवश्थामा पनि कलालाइ छोड्न नसक्ने यिनी आफ्ना पिताको स्वर्गारोहणको दिनमा पनि नृत्य गर्न नछोडेको क्षण स्मरण गर्दै उनी भन्छिन्–  मेरो कार्यक्रम पहिल्यै तय भइसकेको थियो अचानक दिन त्यसै दिन बुवा स्वर्गे हुनुभो । घरका सबैले कार्यक्रममा जान नदिने हठ गर्न थाले । मेरो कलाप्रतिको आशक्तिले गर्दा त्यहां बसिरहनै सकिन् । घरको पछाडीको झ्यालबाट भागेर कार्यक्रमस्थल पुगें ।  स्टेज शो सिध्याएर फर्किएपछि मात्र बुवाको लाश उठाइयो । 
  आफु जिबित रहेसम्म कलाप्रति समर्पित रहने श्रेष्ठ नवदेबी सम्मान २०६४ द्धारा आफु सम्मानित हुन पाएकोमा गर्व महसुश गर्दै भन्छिन्–म सम्मानित हुदैछु भन्ने कुरा मलाइ नै थाहा थिएन् । एक्कासी यो सम्मान पाउंदा ज्यादै खुशी लागेको छ । मेरो काममा मलाइ गौरवान्वित महशुुस भएको छ । 
 
(४) करुणा - साधना श्रेष्ठ ( अशोका इनोभेटर फर द पब्लिक। नेपाल प्रतिनीधि,अशोका फेलोसिप )
    बिश्वभरका ७० भन्दा बढी मुलुकमा फैलिएको अन्तराष्ट्रिय संस्था अशोका इनोभेटर फर द पब्लिककी नेपाल प्रतिनीधि साधना श्रेष्ठको जन्म सन् १९६० मा स्व.बुवा जुद्ध बहादुर तथा आमा कृष्णकुमारीको कोखबाट मीरा होममा भएको हो । ब्यापारिक पारिवारिक पृष्टभुमीका कारण उनले बाल्यावश्थामा कुनै कुराको अभाव महशुस गर्न परेन् । त्यसो त उनका बुवा त्यो जमानाका मल्टी टयालेन्टेड पर्सन मा गनिन्थे । सानैदेखी बुवाको त्यो दरिलो छाप आफुमा परेको बताउने साधना आफ्नी आमालाइ संसारकै सबैभन्दा बढी लभिङ्ग, गिभिङ्ग, केयरिङ्ग तथा सन्तानका लागी खुशी त्याग्न सक्ने आमाका रुपमा लिन्छिन् । 
  सेन्टमेरिज हुदै दार्जिलिङ्गको लरेटो कलेजसम्मको अध्ययनलाइ उनले सफलताको कसी ठान्ने गर्छिन् । सेन्टमेरिज पढ्दा मदरहरुले अरुका लागी गरेको सेवाबाट उनी अत्यन्तै प्रभावित थिइन् । स्नातकोत्तर गर्नु अघि नै उनले सेन्टमेरिजमा पढाउने काम गर्थिन् । पढाइ सिध्याएपछि उनी राष्ट्रिय योजना आयोगमा काम गरिन् । त्यसबेला मैले नेपालभरीको रिपोर्टको अध्ययन अनुगमन र कार्यान्वयनका लागी काम गर्नुपथ्र्यो, उनी भन्छिन्– त्यतीबेला देखी नै मलाइ ग्रामीण महिलाहरुको स्थितबारे महशुस हुनथाल्यो ।” त्रिभुवन बिश्वबिद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर साधनाको ब्यापारी बिरेन्द्र श्रेष्ठसंग बिवाहा भयो ।  आठ बर्ष मात्र श्रीमानसंगको साथको अनुभव गर्न पाएकी उनको १ छोरा तथा एक छोरी छन् । उनको श्रीमानको जहाज दुर्घटनामा मृत्यु भयो । कहिल्यै कठिन परिस्थितीको सामाना नगरेकी उनमा श्रीमानको मृत्युपछि सम्पुर्ण दायित्व थुप्रियो । त्यो क्षण संझंदै उनी भन्छिन्– उहांको मृत्युपछि मलाइ नितान्त एक्लो भएको महशुस भयो । लामो समयसम्म केही गर्न सकिन् । पछि बिस्तारै उहांले छोडेर गएको ब्यापार सम्हालें । त्यसैक्रममा रिता थापामार्फत टेवामा पुगें ।” करिब १ बर्षसम्म त उनी टेवामा आएकाहरुको दुख, बेदना,पीर–ब्याथा मात्र सुनेर बस्ने काम गरिन् । त्यहांबाट धेरै कुराहरु सिकेपछि उनलाइ केही गर्ने सहाश आयो । सन् २००१ मा अशोका फेलोमा अन्तर्वाता दिन गएका नेपालका ४० भन्दा बढी मानिसलाइ उछिन्दै नेपाल प्रतिनिधी बन्न सफल भइन् । नितान्त भिन्न सोच, जसले समाजमा परिवर्तन ल्याउन सक्छ त्यस्ता सोच भएका ४१ जना नेपालीले हालसम्म अशोका फेलोसिप पाइसकेका छन् । राजनितीबाट नितान्त टाढा रहेको अशोकाले सामाजिक उद्यमी जसले आफुमा भएको नयां सोचद्धारा समाज परिवर्तन गर्न सक्छ त्यस्ता ब्यक्तिहरुलाइ ३ बर्षका लागी आर्थिक सहयोग दिने गर्दछ । 
राजनितीबाट टाढा रहेका, स्वच्छ छबी भएका तथा नबिन सोचद्धारा समाजलाइ परिवर्तन गर्न सक्ने ब्यक्तिहरुको खोजी गर्नु नै साधनाको मुख्य काम हो । यस बर्षको नवदेबी सम्मान अन्र्तगत करुणा उपाधिसहितको सम्मानका बारे उनी भन्छिन्– यो मेरो पहिलो अवार्ड भएकाले शुखी त छु नै त्यसभन्दा बढी म मा अझै काम गर्ने दायित्व थपिएको महशुस भएको छ । करुणाको गुण हरेक महिलामा भएको खण्डमा परिवार, समाज लगायत राष्ट्रको नै बिकाश हुन्छ । हिंसा हुदैन, धनी–गरिब बिचको खाडल मेटिन्छ । 
 
(५) अन्नपुर्ण गायत्री कंसाकार (निर्देशक– कमाज टुर्स एण्ड ट्राभल्स तथा वाञ्जला रेष्टुरेन्ट )
सुचना बिभाग हुदै पर्यटन ब्यावसायसम्मको यात्रा उनका लागी सहज थिएन् । आजभन्दा ३० बर्ष अघि जब उनले होटलमा जागिर खान्थिन् त्यसैबेला समाजबाट अनेक सास्ती खेप्नुपरेको थियो । आकर्षक तलबका कारण उनी सुचना बिभागको जागिर छाडेर पर्यटनतर्फ लोभिइन् ।
  पर्यटन ब्यावसायी गायत्री कंसाकारको जन्म बि.सं २००८ सालमा स्व.बुवा गोबिन्दमान तथा आमा राधिका श्रेष्ठको कोखबाट काठमाडौकोे वटुमा भएको हो । त्यो समय काठमाडौको कट्टर नेवार परिवारमा जन्मिनु भनेको संकुचित दायरा भित्र बांधिनु हो । बुवा सरकारी कर्मचारी भएकाले पढाउनुपर्छ भन्ने मान्यता थियो । सोही अनुरुप उनले शिक्षित बन्ने भरपुर मौका पाइन् । सोभियत युनियनको स्टेट युनिभर्सिटीबाट अन्तराष्ट्रिय सम्बन्ध र कानुन बिषयमा स्नातकोत्तर कंसाकार आफ्नो बिषय अनुसार परराष्ट्र मन्त्रालयमा जागिर पाउनुपर्ने तर कति प्रयास गर्दा पनि नपाएको गुनासो पोख्छिन् । भन्छिन्– तर मलाइ दुख छैन् । अन्तराष्ट्रिय सम्बन्धमा नभएपनि मानविय सम्बन्धमा म अहिले धनी छु ।”  उनी होटल शेर्पाको प्रथम महिला एक्ज्युकेटिभ डाइरेक्टर पनि हुन् । 
  पर्यटन क्षेत्रमा ३ दशक भन्दा बढी बिताएकी कंसाकारले आजभन्दा १५ बर्षअघि कमाज टुर्स एण्ड ट्राभल्सको स्थापना गन् िभने सन् २००० मा आएर वाञ्जला मोस्कभा रेष्टुरेन्ट । आफ्नो सफलतामा इञ्जिनियर श्रीमान पुर्णबिरसिंह कंसाकारको हात रहेको बताउने गायत्रीका २ छोरी तथा १ छोरा छन् । कामलाइ सम्मान गर्ने गायत्री संधै अनुशासन र समयको पक्षमा हुन्छिन् । नेपाली महिलाहरुलाइ आत्माबिश्वासी हुनुपर्ने तथा मैले गर्न सक्छु भन्ने भावना लिनुपर्छ भन्ने सन्देश दिन चाहाने कंसाकार नवदेबी सम्मान २०६४ अन्नपुर्ण अवार्डद्धारा सम्मानित भएकोमा हौसिदै भन्छिन्– ५० बर्षमा रिटायर्ड हुंला भन्ने लागेको थियो अब त ८० बर्षको हुंदासम्म पनि काम गरिरहने इच्छा जागेको छ । यस किसिमको अवार्डले जुनसुकै क्षेत्रमा काम गर्नेलाइ पनि प्रोहोत्साहन मिल्छ । 
 
(६) भगवती - ( शालिनी वादवा, कार्यकारी निर्देशक तथा प्रबन्ध–सम्पादक दि बस तथा भाउ म्यागेजिन् )
ब्यापारिक दुनियामा रमाउन चाहाने शालिनी बादवाको जन्म बुवा कल्याणसिंह तथा आमा कमलेश गुप्ताको कोखबाट सन् १९५७ मा भारतको दिल्लीमा भएको हो । प्रकाशन ब्यापारमा संलग्न उनको परिवारले उनलाइ शिक्षा दिने कुरामा कहिल्यै कञ्जुस्याइ गरेनन् । १ बहिनी, १ दाजुु संगको सहअध्ययनमा उनको रमणिय बाल्यकाल बितेको थियो । दिल्ली युनिभर्टिबाट स्नातकोत्तर बादवा सानै देखी अस्पतालमा गएर बिरामीहरुको सेवा गर्ने, ग्रामीण महिलाहरुका लागी शिक्षामा महिला नामक प्रोजेक्ट बनाएर काम गर्ने गर्थिन् । भन्छिन्– सानै देखी समाजका लागी नयां केही गरौं भन्ने भावना थियो । प्रतिक्रिया भन्दा प्रेरणा दिने मानिसहरुसंग आफु सकारात्मक रहने बताउने शालिनी आफ्ना अबिभावकले कहिल्यै छोरा–छोरी बिचको बिभेदको महशुस हुन नदिएकाले आफुले अहिले यो सफलता हात पार्न सकेकोमा बिश्वस्त छिन् । मेरा अबिभावकले संधै केही गर्नुपर्छ भन्ने भावना गाजृत गराउंनुहुन्थ्यो–उनी भन्छिन्– जसको प्रभावले आज म यहां छु । 
  ओबेरोय गु्रपमा कार्यरत राकेश बादवासंग बिवाहा गरेपछि उनी सन् १९८२ मा नेपाल आएकी हुन् । त्यसबेला नेपालमा फ्लावर सप नभएकाले अजेलिया नामक फ्लावर सपको शुरुवात गरिन् । फुलको अभावका कारण उक्त पसलले त्यति दु्रतगति लिन नसकेपछि उनले न्युरोडमा वाद्स नामक फास्ट फुड पसलको स्थापना गरिन् । भन्छिन्– “करिब २५ बर्ष अघि जतिबेला काठमाडौमा फास्टफुड पसलहरु त्यति थिएनन त्यसबेला पनि मेरो पसल राम्रै चलेको थियो ।”  नयां सोच तथा नयां बिचारधाराकी यिनी संधै नयां कुरा सिर्जना गर्न चाहान्थिन् । केही समय आमा बन्नका लागी फुर्सद लिएकी बादवाले श्रीमानको कामसंगै श्रीलंका पुगेपछि एक्सप्लोर श्रीलंका नामक पत्रिकाका लागी काम गर्न थालिन् । उनलाइ यससम्बन्धी कुनै ज्ञान थिएन् । तसर्थ थप अध्ययनका लागी उनी अमेरिका पुगिन् । सन् १९९१ मा क्यालिफर्निया पुगेकी उनले त्यहां ३ वटा म्यागेजिनमा काम गरिन् । सन् १९९५ मा नेपाल फर्किएपछि उनको आधा समय नेपाल तथा आधा समय भारतमा बित्यो । सोही समयमा उनले दिल्लीबाट म्यागेजिन निकाल्न शुरु गर्न् ि। भन्छिन्– त्यतिबेलासम्म मैले प्रकाशन ब्यापारमा राम्रोसंग अध्ययन गरिसकेकी थिएं । अमेरिकामा पनि सोही काममै संलग्न भएकाले त्यसबारे थप जान्न मलाइ मद्धत पुग्यो । 
  त्यसपछि उनी पुन श्रीलंका फर्किएर बिजनेश टुडे म्यागेजिनमा संलग्न भइन् । जस अन्र्तग बिजनेश एक्सिलेन्ट अवार्डको अवधारणा उनैको सृजना हो । धेरै बर्षको अनुभव र अध्ययनपछि नेपालमा उनले सन् २००२ मा दि बोस म्यागेजिनको शुरुवात गरिन् भने सन् २००४ मा भाउ ( भोइस अफ वुमन ) । संसारका सबै महिलाको स्थिती उही भएको बताउंदै उनी भन्छिन्– त्यसैली हामी नेपाली महिलाले हिनताबोध हुनुपर्ने कुनै कारण छैन् । म अमेरिका बस्दा त्यहांका कतिपय महिला बिभेदिन भएको मैले देखेकी छु । र पनि उनीहरु परिवर्तन गराउने आशमा सहेरै बसेका छन् । नारी–पुरुष समानताको पक्षमा बोल्न रुचाउने यिनी कसैले पनि महिला–पुरुषको नाममा बिभेदित भएर बांच्न नपरोस भन्छिन् । यस बर्षको नवदेबी सम्मान अन्तर्गतको भवानी उपाधिद्धारा सम्मानित भएपछि शुखी हुदै भनिन– महिलालाइ महिलाले भन्दा बढी कसैले बुझ्न सक्दैन । यो अवार्डले मलाइ पक्कै पनि खुशी बनाएको छ । यो हाम्रो उपलब्धी हो जसले हाम्रो काममा थप प्रेरणा दिन्छ । 
लक्ष्मी भण्डारी  
 
(७) भगवती - बबिता बस्नेत (पत्रकार )
पेशाले सञ्चारकर्मी भएतापनि बिभिन्न बिभिन्न पेशा र ब्यावसायसंग सम्बन्धित महिलाहरुसंगै काम गर्दै आइरहेकी बबिता बस्नेतको जन्म बुवा मोहन बहादुर तथा आमा राधादेबी बस्नेतको कोखबाट बि.सं २०२८ सालमा खाटाङको सालम्बुमा भएको हो । ४ दिदीबहिनी तथा २ भाइमध्येकी माइली छोरी यिनले त्रिभुवन बिश्वबिद्यालयबाट मानविकीमा स्नातकसम्मको अध्ययन पुरा गरेकी छिन् । बिगत १९ बर्षदेखी पत्रकारिता क्षेत्रमा निरन्तर लगिपर्दै आएकी बस्नेतको ब्यावसयिक करियरको शुरुवात बिं सं २०४७ सालमा नेपालीपत्र दैनिकको संबाददाताका रुपमा भयो । त्यसपछि उनी रेडियो नेपालको समाचारमुलक कार्यक्रम घटना र बिचार, सम्पादक, घटना र बिचार साप्ताहिक हुदै महिला पत्रकारहरुको सञ्जाल संचारिका समुहको संस्थापक सदस्य देखी हाल उनी सञ्चारिकाको प्रथम निर्वाचित अध्यक्ष्य हुन् । उनी सानो छंदा आमाले मेरा छोरीहरु अक्षरको खेती गर्छन् भन्ने गरेको सझंदै उनी भन्छिन्– अहिले त्यो ठ्याक्कै मिलेको छ । त्यतिबेला आमाले भनेको कुरा को–इन्सिडेक्ट नै भयो ।
 छोटो समय अध्यापनमा पनि संलग्न भएकी बस्नेत अनायासै पत्रकारिता क्षेत्रमा प्रबेश गरेको बताउंछिन् । उनी भन्छिन्– त्यसअघि मलाइ साहित्यमा असाध्यै रुची थियो । म राम्रै साहित्य सृजना गर्न सक्ने मानिस हुं तर हाल आएर ब्यस्तताले गर्दा मेरो साहित्य ओझेलमा परेको छ । अझै केही किताबहरु लेख्ने इच्छा छ ।” बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारसंस्थाहरुमा समेत आबद्ध बस्नतेलाइ इन्डियन इन्ष्टिच्युट अफ मासकम्युनिकेशनको प्रारम्भिक पत्रकारिता तालिम तथा युनाइटेड नेशन्स हेडक्वार्टर न्युयोर्कबाट एडभान्स टे«निङ्गले पत्रकारितामा अझ शसक्त भएर लाग्ने थप प्रेरणा दियो । भन्छिन्– ति दुइ तालिमले मलाइ पत्रकारितामा थप बलियो बनाउन सहयोग पुर्यायो । पत्रकारिता संग–संगै महिलाका क्षेत्रमा काम गरिरहेकी बस्नेतको बिबिध पेशा र ब्यावसायका महिलाहरुको बलियो सञ्जाल बनाउने आगामी योजना रहेको छ । मेहनत,निरन्तरता, लगनशिलताले सम्पुर्ण नारीहरुको उन्नती हुने बताउंदै उनी भन्छिन्– महिला बिकाशका लागी शिक्षा लगायत यि कुरा अत्यावश्यक हुन् ।
 २०६४ को नवदेबी सम्मान अन्तर्गतको भवानी उपाधिद्धारा सम्मानित हुदां आफुलाइ अनौठो अनुभुति भइरहेको बताउंदै उनले भनिन्– यस किसिमको अवार्ड पहिलो पटक भएकाले अचम्म लागिरहेको छ तर मलाइ मेरो कामको मुल्यांकन भएकोमा ज्यादै नै खुशी लागेको छ ।
 
(८) लक्ष्मी - सीता पौडेल ( सामुदायिक उद्यमी  )
  आर्थिक बिपन्नता भएको परिवारमा जन्मिएकाले २१ रुपैंया नपुग्दा पढ्न नपाएको स्मरण गर्दै उनी भन्छिन्– तसर्थ महिलाहरु पनि आर्थिक रुपमा सवल हुनुपर्छ भन्ने लागेर महिलालाइ आर्थिक रुपमा सशक्त बनाउने काममा जुटेकी हुं । 
    चितवनकी स्थानिय, ३६ बर्षिया सीता पौडेलले चितवनकै बिरेन्द्रक्याम्पसबाट स्नातकसम्मको अध्ययन पुरा गरेकी छिन् । महिलाहरुका लागी आर्थिक शसक्तता नै बिकाशको बलियो आधार हो भन्ने निक्र्यौल पछि सीताले बि.सं. २०४८ सालमा समुह गठन गरी कामको शुरुवात गरिन् । यसैताका उनी शिक्षिकाका रुपमा पनि काम गर्थिन् । ७ बर्षे शिक्षिका पेशाबाट अलग भएर उनी स्थानिय महिलाहरुलाइ पशुपालन तथा तरकारी खेतीमा समावेश गराउन बिभिन्न तालिम, गोष्ठी आदिको संयोजनतिर लागिन् । हेफर इन्टरनेशनल नेपालसंगको साझेदारीमा उनले थुप्रै स्थानिय महिलाहरुलाइ पशुपालन तथा तरकारी खेतीमार्फत आर्थिक रुपमा बलियो हुन सिकाएकी छिन् । हालसम्म उनको कामबाट करिब ३३ सय महिलाले तालिम पाएर लाभांबित भएकाछन् । कृषिक्षेत्रमार्फत महिला बिकाशका लागी लामो समयदेखी काम गरेका नाताले उनलाइ सन् १९९९ मा एसिया प्यासिफिक रिजनल अवार्डबाट समेत सम्मानित गरियो । यस पटको सेलिबे्रटि¨ वुमनहुड अन्तर्गत लक्ष्मी उपाधिद्धारा सम्मानित पौडेलले ग्रामीण क्षेत्रमा काम गरिरहेका नारीलाइ पनि नवदेबी सम्मानले खोजी–खोजी उनीहरुको कामको कदर गरिदिएको खुशी ब्यक्त गर्दै भनिन्– यो सम्मान मेरा लागी मात्र होइन सम्पुर्ण नेपाली नारीहरुका लागी हो । यसका लागी शुखी ब्यक्त गर्नलाइ मसंग कुनै शब्द नै छैन् ।
 
(९) शक्ति - रामदेबी तामाङ्ग ( मानव अधिकारका लागी एकल महिला समुह काभ्रे )
   सानै देखी स्टाफनर्स बन्ने चाहाना बोकेकी सिन्धुपाल्चोककी ३३ बर्षिया रामदेबी तामा¨लाइ आफु १० बर्षको हुंदा देखी नै महिला बिरुद्धको भेदभाव मन पर्दैनथ्यो । नर्स बन्ने इच्छालाइ उनको अर्थिकपक्षले साथ दिएन् । एस.एल.सी सम्मको अध्ययन गरेकी उनी स्वालम्बी बन्नुपर्छ भन्ने हेतुले सिलाइकटाइ तर्फ ढल्किइन् । स्थानिय जिबिसबाट बजेट माग गरी सिलाइ तालिम केन्द्र स्थापना गरिन् । सिलाइ तालिम दिने काम त छंदै थियो त्यसले मात्र उनलाइ सन्तुष्टी बनाएन् । ग्रामीणस्तरमा फेरी अर्को संस्था स्थापना गरि त्यसैमार्फत चेलिबेटी बेचबिखन, हिंसा, सिपमुलक तालिम, कानुनी सल्लाहा आदिको काममा उनी दत्तचित्त भएर लागिन् । भन्छिन्– मेरो अध्यक्ष्यतामा ३ बर्षभित्र संस्थाद्धारा धेरै परिवर्तन ल्याउन सफल भएकोमा आफुमाथि 
 म गर्ब गर्छु । 
  २०५२ सालमा उनी बिवाहा भएर काभ्रे आएपनि पनि ब्यावसायिक सिपमुलक तालिम सिकाउने काममै ब्यस्त रहिन् । २०५८ मा श्रीमानको मृत्युपछि उनलाइ श्रीमान खाने अलच्छिनीका नामले समाजले हेर्न थाल्यो । त्यसपछि पनि उनको साहास घटेन् । उनले महिला कल्याण केन्द्र स्थापना गरी समाजिक परिवर्तन ल्याउने कामहरु गर्न थालि । हाल उनी मानवअधिकारका लागी एकल महिला समुहसंग आबद्ध भइ काभ्रेमा भवन निर्माण,पशुपालन, तरकारी खेती जस्ता ब्यावसायिक काममा लाग्दै आइरहेकी छिन् । बिभिन्न कार्यक्रम मार्फत महिलाको क्षमता अभिबृद्धि कार्यक्रमले उनलाइ काम गर्न थप उर्जा दिएको छ । नवदेबी सम्मान २०६४ को शक्ति उपाधि हात पारेकी यिनी आफ्नो कामको सही कदर भएकोमा दङ्ग पर्दै भन्छिन्– यो अवार्डले मलाइ अझ धेरै काम गर्नुपर्छ भन्ने जिम्मेबारी बोध गराएको छ । एकल भएर पनि आफ्नो कामलाइ निरन्तरता दिनुको परिणाम हो भन्ने लागेको छ ।
 
(१०) शक्ति - मधुरादेबी कुंवर ( अध्यक्ष्य–स्नेहा समाज  )
    नवदेबी सम्मान २०६४ मा एकैबिधामा २ जना महिला सम्मानित मध्ये एक मधुरादेबी कुंवर (५०) आफ्नो संस्थामार्फत महिलालाइ उनीहरुको अधिकारका लागी क्षमता अभिबृद्धि गर्ने तथा आर्थिक पहुंच बढाउने काममा जुटेकी छिन् । आफु एच.आइ भी पोजेटिभ हुंदा पनि यो प्राकृतिक कुरा हो भनेर उनी यसमा सचेतना ल्याउने काममा लागी परेकी छिन् । त्यति मात्र नभएर नेपालको पश्चिमी भेगमा ब्याप्त छाउपडी प्रथा उन्मुलन तथा महिलाका हरेक मुद्धा मामिलामा वकालत गर्नेकाम पनि उनी त्यत्तिकै खटिरहेकी छिन् । माया, ममता, उचित सल्लाहा, सुझावद्धारा आफु पनि बच्ने अनि अरुलाइ पनि बचाउने कार्यमा संलग्न यिनी एच आए भी संक्रमितलाइ बांकी जीबन केही गरेर खुशी साथ बिताउन सहयोग गर्छिन् । भन्छिन्– पोथी बास्यो भन्ने मान्यताले गर्दा महिलाका समस्या जहांको त्यही छ । अब यसलाइ हामीले परिवर्तन गर्नुपर्छ । आफु पढेलेखेको नभएपनि अरुले बोलेका कुरा सुनेका भरमा यिनले समाजमा छुट्टै किसिमको परिवर्तन ल्याएकी छिन् । कामका लागी बिदेशिएका श्रीमानमार्फत आफु पनि संक्रमित भएको बताउने कुंवर श्रीमानले अर्की श्रीमती ल्याएपछि त झन नितान्त एक्ली भइन् र पनि उनले महिलाका लागी काम गर्न भने छाडिनन् । अशिक्षित महिला संधै भान्सा र भकारोमा मात्र सिमित हुदैनन भन्ने उदाहरण बनेकी यिनको संस्थाका २२ सदस्यीय महिलाहरु पनि उत्तिकै जागरुक छन् । ३ छोरा तथा १ छोरीका आमा मधुरा स्थानियस्तर देखी राज्यस्तरसम्म आफ्नो हक हितका पक्षमा आवाज उठाउन कुनै धक मान्दिनन् । आमाको नाममा नागरिता दिने प्राबधान देखी आफु अत्यन्तै खुशी भएको बताउदै उनी भन्छिन्– यसले हामी नारीको परिचयमा नया आयाम थपिदिएको छ । अहिलेका नारीहरु कम छैनन् । जहां पुरुष त्यहां नारी । हामी पुरुषको हातमा हात अनि कांधमा कांध मिलाएर अगाडी बढ्नुपर्छ । नवदेबी सम्मानमा शक्ति उपाधिद्धारा आफुलाइ सम्मान गर्दा खुशीसाथ उनले भनिन्– शहरिया महिलाका लागी मात्र होइन नवदेबी सम्मानले हामी जस्ता ग्रमिण महिलाको पनि कामको मुल्यांकन गरिदिएकोमा म मात्र होइन हामी अछामबासी सबै खुशी छौं । आज मेरो शिर गर्बले उठेको छ । मलाइ आज सगरमाथाको शिर चुमेको अनुभुति भैरहेको छ ।
बिशेषसम्मान
 
(११) गणेश गुरुङ्ग ( समाजशास्त्री )
   हाल बैदेशिक रोजगारमार्फत महिलाको आर्थिक शसक्तिकरणमा जुटिरहेका गणेश गुरुङ्गको बि.सं १०१२ सालमा स्याङ्गजाको फेदीखोलामा बुवा देउ प्रसाद तथा आमा सर्किनी गुरुङ्गको कोखबाट जन्म भएको हो । त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तथा जापानको यशिया रुलर इन्श्टिच्युटबाट ग्रामीण बिकाशमा डिप्लोमा गुरुङ्गको करियरको शुरुवात त्रिभुवन बिश्वबिद्यालयमा अध्यापनमा संलग्न भएपछि शुरु भएको हो । त्यसपछि उनी न्यु इरा रिसर्च सेन्टरको निर्देशक, युएसएआइडीको प्रोजेक्ट डाइरेक्टर, जाइकाको एड्भाइजर, समाजकल्याण परिषदको उपाध्यक्ष्य हुंदै हाल बैदेशिक रोजगारमा जानेहरुको हकहितका  लागी अन्तराष्ट्रिय सञ्जाल क्यारम एशियाका अध्यक्ष्यको कार्यभार सम्हालिरहेका छन् । आफुहरु अहिले अन्तराष्ट्रिय सिमापार गर्नेहरुको हकहितका लागी काम गरिरहेको बताउंदै गुरुङ्ग भन्छन्– क्यारमको १५ देशमा रहेका बिभिन्न शाखामार्फत क्षेत्रियरुपमा भइरहेका कामहरु निक्कै प्रभावकारी छन् । हामीले शुरुवातदेखी नै महिलालाइ आर्थिक रुपमा बलियो बनाए मात्र देशको सम्मुन्नत बिकाश सम्भव छ भन्ने हेतुले महिलालाइ पनि बैदेशिक रोजगारमा पहल गर्दै आइरहेका छौं । तर हाल आएर बैदेशिक रोजगारमा महिला मुद्धा मुलधारमा आइसकेको छ । 
 आर्थिक स्वतन्त्रताबिना राजनितीक स्वतन्त्रता पाइदैन तसर्थ बैदेशिक रोजगारमा महिलालाइ पनि पुरुषसरहको स्वतन्त्रता हुनुपर्छ भनेर पहल गर्दै आइरहेका गुरुङ्ग यो समयसम्म आइपुग्दा आफ्नो क्षेत्रमा निक्कै परिवर्तनशिल खुड्किलाहरु पार गरिसकेको बताउंछन् । महिलालाइ मात्र प्रदान गरिने नवदेबी सम्मानद्धारा सम्मानित हुने प्रथम पुरुषमध्ये आफुपनि परेकोमा मैले पनि यति धेरै काम गरेको छु र ? भन्ने प्रश्नले आफुलाइ अचम्मित बनाएको बताउंदै उनले भने– अब मेरो आंखामा स्थायी जेण्डर लेन्स फिट भयो । जुन लेन्सले म जीबनभर हेरिरहनेछु । 
 
(१२) लक्ष्मण प्रसाद अर्याल ( पुर्वन्यायाधिश, सर्बोच्च अदालत )
   धार्मिक पारिवारिक बातावरणमा आफ्नो बाल्यकाल बिताएका लक्ष्मण प्रसाद अर्यालको जन्म बि.सं १९९४ सालमा बुवा भैरव प्रसाद तथा आमा उत्तराकुमारी अर्यालको कोखबाट काठमाडौको बौद्धमा भएको हो । त्रिभुवन बिश्वबिद्यालयबाट राजनितीशास्त्रमा स्नातकोत्तर तथा नेपाल ल कलेजबाट बि.एल अर्यालका २ छोरा, ३ छोरी छन् । बाजेका पालादेखी नै पण्डितयाई गर्ने उनका परिवारमा उनका वुवा भने सरकारी जागिरे थिए । घरमा धार्मिक बातावरण भएकाले उनलाइ बेद,रुद्री कण्ठ हुन्थ्यो । सानैदेखी स्वाबलम्बी बन्नुपर्छ भन्ने बिचारधारका अर्यालसंग उबेला अंग्रेजी पढेका नाताले परिवारका धेरै सदस्य असन्तुष्ट थिए । २०१३ सालमा एस.एल.सी सकिने बित्तिक्कै उनले प्राथामिक बिद्यालयको प्रधानाध्यापकको रुपमा काम गरे । त्यसपछि उनले २०१५ सालमा प्राइभेट स्कुल पनि खोले तर थप अध्ययनको महशुस गरी रात्री कलेज भर्ना भए । राती आइ.ए.को क्लास लिने दिउंसो टिचर्स टे«निङ्गमा भाग लिनेमै उनी ब्यस्त रहे । सोही समयमै उनले पद्यमोदय हाइस्कुल पढाउन शुरु गरे । अध्ययापन संगै उनको बिद्यार्थी जीबन अगाडी बढ्यो । ल कलेजबाट बिएल सिध्याएपछि उनी वकालतलाइ पनि निरन्तरता दिदै गए भने यतातिर ल कलेजमा पनि पढाउन शुरु गरे । बि.सं २०४५ सालमा बहुदल चाहिन्छ भन्ने जनमत बनाउन सफल अर्याललाइ २०४७ को संबिधान निर्माणमा एक्सपर्टका रुपमा मस्यौदा समिती सदस्यमा राखियो । २०४७ को संबिधान निर्माणमा सहयोग पुर्याएका नाताले उनलाइ २०४८ मा सर्बोच्च अदालतले बोलायो । उनले ५४ बर्षको उमेरमा आएर मात्रै जागिर खाए । भन्छन्–शुरुदेखी नै मेरो अदालतप्रतिको धारणा इन्डिपेन्डेन्ट रहंदै आएको छ । म कसैबाट निर्देशित हुन नचाहाने मान्छे भएकै कारण जनआन्दोलन–२ मा प्रथम पटक जेल परें । म सर्बोच्चमा रहंदा महिलाका मुद्धालाइ राष्ट्रिय चासोका रुपमा हेर्नुपर्छ भन्ने परिपाटी बसेको हो । त्यसबेला महिलाका थुप्रै मुद्धाहरुमा सुनुवाइ तथा निर्णय पनि भए । ” अर्यालका अनुसार महिलालाइ सम्पत्तिमा अधिकार, बैवाहिक बलात्कार, बेश्यालाइ करणी गरे आधा सजाय हुन्छ भन्ने असमान कानुनको खारेजी, आर.ए.ए.सी को रिना बज्राचार्यको मुद्धा आदी आफ्नो कार्यकालमा महिला समानताको संग्राममा भएका उपलब्धी हुन् । महिला बिकाशका लागी ऐनहरु प्रशस्त छन् तर सामाजिक धारणामा परिवर्तन ल्याउनुपर्छ भन्ने अर्याल यस पटकको नवदेबी सम्मानले समस्या महिला वा पुरुषको मात्र नभएर राष्ट्रको समस्या हो र यसलाइ राज्यको मुलसमस्यामा समेटिनुपर्छ भन्ने बोध भएको बताउंदै भन्छन्– यो धारणाको सम्मान गरिनु भनेको निर्णायक तहमा यस्तै मान्छेको अपेक्षागरिनु हो । यसले सबै पुरुषलाइ प्रेरणा मिलोस् । 
 
(१३) दुर्गा - चित्रलेखा यादब ( उप–सभामुख )
     यस बर्षको नवदेबी सम्मान अन्तर्गतको दुर्गा उपाधिद्धारा सम्मानित राजनितीज्ञ चित्रलेखा यादब मधेसी समुदायबाट निस्किएको एउटा आशाको किरण हो । छोरीबुहारीलाइ घरभित्रै सिमित राख्नुपर्छ भन्ने मान्यतायुक्त समुदायबाट आएकी यादव नेपाली राजनितीको क्षेत्रमा राम्रो योगदान दिइरहेको ब्यक्तित्वको नाम हो । बिद्यार्थी जीबनदेखी नै राजनितीक क्षेत्रमा सक्रिय यादवले सम्हालेका पदिय दयित्वहरु अहिलेसम्म सबैको मानसपटलमा स्मरणयोग्य बनेर रहिरहेका छन् । यस बर्षको सेलिबे्रटि¨ वुमनहुडमा दुर्गा अर्वाडबाट सम्मानित भएपछि आफुमा अझै काम गर्ने शाहस, प्रेरणा तथा हौसला थपिएको महशुस गर्दै उनले भनिन्–यस अवार्डले मलाइ राजनितीक क्षेत्रमा त्यसमा पनि महिलाको हक, अधिकार तथा शसक्तिकरणका पक्षमा अझ बलियो भएर लाग्ने प्रेरणा दिएको छ । त्यसका अलावा ममा थप दायित्वबोधको महशुस भएको छ ।