C.W. 2008

सेलिब्रेटिङ्ग वुमनहुड २००८

All the nominee of Celebrating Womanhood 2009

सम्मानितहरुको प्रोफाइल
(१) दुर्गा - बम कुमारी बुढामगर
  “औधी हर्ष लागेको छ । आफ्नै सुरले काम गर्दै गएकी मलाइ यसरी खोजी–खोजी मेरो कामको औचित्य बुझेर दिइएको यो सम्मान अझ धेरै काम गर्नुपर्छ भनेर मेरो दिमागमा बत्ती बलादिएको हो ।” मगरात पहिरनमा सजिएकी रोल्पाकी राजनितीक योद्धा बम कुमारी बुढामगर सेलिब्रेटिङ्ग वुमनहुड २००८ को दुर्गा अवार्ड पाएपछि निक्कै हौसिइरहेकी थिइन् । २००७ साल, नेपालमा पञ्चायत ढलेर प्रजातन्त्र स्थापना भएकै बर्ष उनी रोल्पाको पोर्चाबाङ्गमा जन्मिएकी बुढा ०१७ पछिको पञ्चायती ब्यवश्था रहंदाको समयमा पनि राजनितीमा सक्रिय थिइन् । ०३० देखी ०४२ सलसम्म उनी लिवाङ्ग हाइस्कुलमा पढाउने र संग–संगै राजनिती पनि गर्ने काममा ब्यस्त थिइन् । जसबेला हालका सञ्चारमत्री कृष्ण बहादुर महरा उनका सहकर्मी शिक्षक थिए भने हालका राजनैतिक हस्तीहरु नन्दकिशोर पुन (पासाङ्ग) तथा सन्तोषी बिक उनका राजनितीक सहयोद्धा थिए । त्यसै बेला उनले रोल्पामका अध्यापन संग–संगै समाजसेवा र राजनितीद्धारा बेसरी नारी चेतना जगाइन । भन्छिन्– त्यसबेला नारीलाइ समाजसेवा, राजनिती जस्ता बिषयमा सक्रिय भएर लाग्न असाध्यै गाह्रो थियो । बिहे नगर्ने भनेर अडान नलिएपनि सोही कारणहरुले गर्दा अल्मलिएं ।” हालसम्म अविहाहित बुढा अहिले नमुना संबिधान लेखनमा मगरातको अवधारणाको वकालत गरिरहेकी छिन् । आफ्नो समाज र समुदायलाइ नजिकबाट सचेतक बनाउन महत्वपुर्ण भुमिका खेलेकी बम कुमारी बुढा आफुले पाएको यो सम्मानका बारे भन्छिन्– एकमुठी छर्दा कती फल्छ कति मक्किन्छ थाहा हुदैन् । त्यसैगरी काम पनि सम्मान पाउनकै लागी मात्रै भनेर गरिदैन् । ”
 
(२) अन्नपुर्ण - शुशीला हमाल सिंह
  १२ बर्ष देखी शिक्षाको क्षेत्रमा सक्रिय, महिला बिकाशका काममा समर्पित, सामुदायिक बन फैलाउने कुरामा सचेत ब्यक्ति का साथै महिलाहरुमा आर्थिक शसक्ततता को सीप बाड्ने अभियानमा निरन्तर कैलालीकी यि मल्टीपर्पोज ब्यक्तित्व शुशीला देबी हमाल सिंहले २००८ को सेलिब्रेटिङ्ग वुमनहुड अन्तर्गतको अन्नपुर्ण अवार्ड हात पारिन् । बिवाहको एक बर्ष भित्रमै उनले नवबिवाहिता दुलही तथा बिधवा दुबैको अनुभव प्रप्त गरिन् जसबेला उनी २१ बर्षकी थिइन् । बियोगलाइ शक्तिमा बदलेर उनले त्यसै बर्षदेखी महिला बिकाश र आर्थिक शसक्तिकरणको क्षेत्र रोजिन् । कैलालीको श्रीपुर गा.बि.स एउटा वडाबाट बाट ५–५ रुपैंया उठाउने कामबाट शुरु भएको उनको अभियानले आज आएर गा बि स. का नवै वडामा समुह गठन गर्न सफल भएको छ । अहिले समुहका महिलाहरु मासिक १ सय रुपैंया जम्मा गर्छन् । बाख्रा, भैंसी, मौरी पालन गरेर तथा तरकारी खेतीद्धारा उनीहरु समुहगत आम्दानी गर्छन् ।  उनको परिश्रमको फल आज आएर धेरै महिला आर्थिक रुपमा शसक्त भएका छन् । सृजनशिल बहुउद्धेश्यि महिला सहकारी संस्थाद्धारा ७ सयको हाराहारीमा त्यहांका महिलाहरु लाभांबित छन् त्यो पनि शेयरबाट मात्रै । अहिले उनको एक्लो पहलबाट कैलालीमा २५ भन्दा बढी सामुदायिक बन संरक्षित अवश्थामा छन् । शुशीला भन्छिन्– स्थानीय स्तरमा मात्र नभएर राष्ट्रियरुपमै मेरो अभियान फैलाउने धोको छ । सोही कारणले काठमाडौंको बुटानिलकण्ठमा पनि महिला समुह खोलेकी छु । मेरो यो कार्य जीबनको अन्तिम अवश्था सम्म पनि रोकिनेछैन् ।” सेलिब्रेटिङ्ग वुमनहुड २००८ को अन्नपुर्ण अवार्डद्धारा समनित भइसकेपछि आफुमा अझ धेरै दायित्व थपिएको महशुस गर्दै उनले भनिन्– सम्मान पाइएला भनेर सोचेकी पनि थिइन् । यो अवार्डले ममा अझ धेरै काम गर्ने जांगर थपेको छ । मेरो यात्रालाइ अझै टाढा पुर्याउन सक्ने हिम्मत प्रदान गरेको छ । ”
 
(३) करुणा - डा.हिरामन प्रधान
   उनको नाम ले नै प्रष्ट्याउंछ उनी महत्वपुर्ण अर्थ राख्ने हिरा हुन् । त्यस्तै उनको नामसंगै जोडिएको अर्को शब्द मनले उनको धड्कनको प्रतिनिधित्व गर्छ । वास्तवमै उनको मन कोमल छ । उनी कसैको दुख देख्न त के सुन्न पनि सक्दिनन् । त्यसैले त उनी आफ्नो क्षेत्रमार्फत मात्रै नभएर ब्यक्तिगत रुपमा पनि बालकालिका, बृद्ध–बृद्धाहरुको सेवामा समर्पित रहंदै आएकी छिन् । मस्कोबाट एम.डी तथा बैंककबाट पि.जि सिध्याएकी हिरालाइ उतै बस्ने वाताबरण नबनेको होइन तर नेपालप्रतिको सेवाभावले उनलाइ त्यहां बस्न दिएन् पढाइ सिध्याएपछि उनी नेपाल फर्किएर कुष्ठरोगको क्षेत्रमा काम गर्न थालिन् । २६ बर्ष देखी उनी सेवाको क्षेत्रमा निरन्तर लागिरहेकी छिन् । दोलालघाटको गांउघर क्लिनिक, पशुपती बृद्धाश्रम क्लिनिक, खोकना कुष्ठरोगीखाना जस्ता क्लिनिकहरुमा उनी २५ बर्षदेखी बिरामीको निशुल्क उपचार गराउंर्दै आइरहेकी छिन् । ग्रामीण क्षेत्रबाट नेपालभरीको ७५ जना बालबालिकालाइ सरकारी स्कुल पढाउंने पहलमा जुटेकी उनको परिवारको तर्फबाट १४ जना बालबालिकालाइ सरकारी बिद्यालयमा पढाइरहेकी छिन् । “म शिक्षित र सफल महिला भएकैले होला अवसरबाट बञ्चित लाइ आफु जस्तै सवल बनाउनुपर्छ भन्ने सिद्धान्तकी पक्षधर हुं । मेरो यो इच्छा म जिबित रहुञ्जेलसम्म यत्तिकै रहंनेछ । ” डा.हिरा भन्छिन्– “मेरो यो सहयोगले अवसरबाट बञ्चितहरुको आंखा खुल्छ भने मलाइ आत्मासन्तुष्टि मिल्छ ।” मेडिकल डक्टर जस्तो छोटो समयमा धेरै पैसा बनाउन सक्ने क्षेत्रकी डा हिरा आफ्नो कमाइको आधा भन्दा बढी कमाइ समाजसेवा तथा गरिब, असाहाय बालबालिकाको शिक्षामा खर्च गरिरहेकी छिन् । सन् २००८ को सेलिब्रेटिङ्ग वुमनहुड अन्तर्गतको करुणा बिधाद्धारा सम्मानित हुने अवसर पाएकी डा. हिराले सम्मानपछि खुशी हुंदै भनिन– “यो अवार्डले म र मेरो कामलाइ चिनाइदियो । म खुशी छु ।”
 
(४) सरस्वती - बिन्दा थापा
खोटाङ्ग दिक्तेलकी बिन्दा थापा २० बर्षदेखी शिक्षण पेशामा छिन् । ४ दिदीबहिनी तथा २ दाजुभाइमध्येकी जेठी छोरी बिन्दा परिवारमा मात्रै नभएर उनको स्थानबाटै एस.एल.सी पास गर्ने प्रथम छात्रा थिइन् । बिन्दा भन्छिन्– बि.सं. २०४२ सालताका छोरीलाइ पढाउनुपर्छ भन्ने चेतना नै थिएन् । छोरी बिद्यालय गए भने बिग्रिन्छन् भन्ने मान्यता थियो ।” त्यस्तो परिवेशमा पनि उनले एस एल सी पास गरेर उच्च शिक्षा पढिन् । सबैभन्दा मुख्य कुरा त उनले खोटाङ्ग जिल्लामा छोरीलाइ पनि पढाउनुपर्छ भन्ने शैक्षिक चेतना जगाइन् । नारीहरु पनि समाजका हिस्सा हुन् उनीहरुले लडेर भएपनि आफ्नो अधिकार लिनसक्नुपर्छ भन्ने सचेतना फैलाउने काममा उनले आफ्नो जीवनको धेरै समय खर्चेकी छिन् । अहिले आएर उनको ठाउंमा धेरै महिलाहरु शिक्षित भइसकेका छन् । उनीहरु धेरै माथिल्लो तह सम्ममा पुगिसकेका छन् । हाल उनी सामुदायिक बनका बिभिन्न पद लगायत बिबिध संस्थाका थुप्रै पदहरुमा रहेर पदिय दायित्व जिम्मेबारी साथ पुरा गरिरहेकी छिन् । त्यका अलावा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका सीप बिकाशका तालिममा महिलालाइ पठाउने काममा उनको निर्णय चल्छ । सेवा नै धर्म हो भन्ने सिद्धान्तलाइ पछ्याउंदै कत्ति पनि बिचलित नभइ आफ्नो क्षेत्रमा निरन्तर लागिपरेकै कारण उनले यसबर्षको सेलिब्रेटिङ्ग वुमनहुड अन्तर्गतको सरस्वती बिधाको अवार्ड हात पार्न सफल भइन् । शिक्षामा समपर्ण बापत दिइने यस अवार्ड प्राप्त गरेपछि खुशीले गद्गद हुंदै बिन्दाले नारीसंग भनिन्– “खोटाङ्ग जिल्ला र त्यहांका नारीहरु सम्मानित भएको महशुस गरेकी छु ।” 
 
(५) भगवती - तोया गुरुङ्ग
    शालिन ब्यक्तित्व, सेतै फुलेका कपालका तर आकर्षण मोटा–मोटा केस्रा तथा सुन्दर मुहार उनको सौन्दर्य पनि एउटा मिठो कबिता नै बन्छ । ४५ बर्ष देखी साहित्यको क्षेत्रमा निरन्तर लागी परेकी कवयत्री तोया गुरुङ्ग (६५),ले त्रि.बि बाट एम.ए. तथा बि.एल गरेकी छिन् ।  बि.सं.२०२५ देखी ०४८ सम्म नेपाल बैंकको कर्मचारी तथा २०५६ देखी ०६१ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको प्रथम महिला सदस्य भएर काम गरेकी तोयाले आफ्नो जीबनको महत्वपुर्ण समय साहित्यमार्फत नारी उत्थान र जागरणका काममा खर्च गरिन् । बिशेष गरी कबितामा केन्द्रित तोयाका थुप्रै कृति प्रकाशित छन् । यि मध्ये सुर्यदह कबिता संग्रह, धुपी लामो कबिता, देवल घुमेपछि लगायतका कबिता संग्रह चर्चित छन् । बि.ंसं. २०१४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना भएयता कुनै पनि महिला प्राज्ञ हुन सकेका थिएनन् तर ०५६ देखी ५ बर्षसम्म उनी नेपालकै प्रथम महिला प्राज्ञ भएर काम गरिन् । तोया भन्छिन्– मेरा लागी उक्त पद चुनौत िनै थियो । म पनि नयां र चुनौतीपुर्ण काममा हौसिने भएकाले उक्त प्रस्तावलाइ स्विकारेकी हुं । प्रथम महिला प्राज्ञ हुनु चानचुने कुरो थिएन् ।” सेलिब्रेटिङ्ग वुमनहुड २००८ को भगवती बिधाको सम्मनबाट सम्मानित तोयाले अवार्डको खुशीयाली साट्दै भनिन– मेरो क्षेत्र सुहाउंदो टाइटल अवार्ड पाएको छु । यसले मेरो लेखनलाइ अझै निर्खान  र तिखार्न मद्धत पुर्याउनेछ । म यस सम्मानद्धारा प्रेरित भएकी छु ।”
 
(६) शक्ति - रोमा न्यौपाने
   नाच्ने कला सबैमा हुदैन त्यसमा पनि कुशल र आकर्षक नृत्य गर्नु चुनौती नै हो । दुबै खुट्टा चलाएर नांच्नेहरुले कम्मर या शरिर लच्काउनु त्यति अनौठो मानिदैन तर यहां एउटा मात्रै खुट्टाले रबर जस्तो शरिर बनाएर चाच्ने युवतीका बारे बर्णन गर्दा धेरैलाइ पत्याउन गाह्रो पर्नसक्छ । सुनसरीकी २२ बर्षिया रोमा न्यौपाने यस्ती कुशल नर्तकी हुन् जसलाइ नाच्नका लागी आफुसंग भएको एउटा खुट्टा नै काफी छ । आत्मबिश्वास र शक्तिकी खानी रोमाले नेपाल अधिराज्यभरका प्राय स्थानहरुमा नृत्य प्रस्तुत गरिसकेकी छिन् । त्यति मात्र होइन अल इण्डिया टुर लगायत इजरायल, कोरिया जस्ता बिदेशी भुमिमा समेत उनले आफ्नो कला मार्फत नेपाली शक्ति प्रस्तुत गरिसकेकी छिन् । भन्छिन्–“ एउटा खुट्टाले मात्रै नाचे पनि मलाइ अप्ठ्यारो भएको कुनै महशुसै हुदैन् । हेर्नेले पनि मलाइ एउटा खुट्टाले नाचिरहेकी छे भनेर कल्पना पनि गर्न सक्दैनन् । किनकी नांच्दा म हरबखत लेहेंगा लगाएर चांच्ने गर्छु जुन भुईसम्म लत्रिएको हुन्छ ।” यस किसिमको अवार्ड आफ्नो जीबन कै प्रथम भएको हर्षका साथ रोमा भन्छिन्– म जस्ता अपाङ्गको सहारा सरह हुन्छ सम्मान भन्ने कुरा । मलाइ यो अवार्डले जीबनमा अर्को खुट्टा थपिदिएको महशुस गराएको छ । म त यो अवार्ड प्राप्त गर्दा शुख महशुस गरेकी नै छु म जस्ता अन्य थुप्रै साथीहरुका लागी हो यो मैले पाएको सम्मान । ”
 
(७) महामाया - मिथिला शर्मा
   जति उमेर बित्दै गएपनि संधै सोह्र बर्षे युवती झैं लाग्ने कलाकार मिथिला शर्माको आजसम्म पनि सुन्दरतामा कुनै कमी आएको छैन् । आकर्षक सौन्दर्य, मृदुभाषी तथा सौम्य ब्यवहार उनको पहिचान हुन् । तिनै खुबीले उनलाइ प्रखर अभिनेत्री बनाएको भने आफ्को सशसक्त अभिनयले सबैलाइ उनी आफुतर्फ खिचेर ल्याउंछिन् । आफ्नो कला, क्षमता, खुबी र शाहासले मोहित पारी सबैलाइ आफुतर्फ आकर्षित गर्नसक्ने अदम्य आंट भएकी महामाया बिधाको सम्मान सेलिब्रेटिङ्ग वुमनहुड २००८ मा मिथिला शर्माको हातमा पर्यो । यस बर्ष जताततैबाट सम्मानको ओइरो लाग्यो मिथिला शर्मालाइ । के.टि.भी फिल्म अवार्ड देखी सेलिब्रेटिङ्ग वुमनहुड सम्मको अवार्ड थाप्दा उनलाइ शायदै फुर्सद मिल्यो । 
   बाल्यकालदेखी नै नृत्यमा पोख्त शर्मा रंगमञ्च हुंदै चलचित्रमा प्रबेश गरेक िहुन् । अनगिन्ती नेपाली चलचित्रमा कालजायी भुमिका निर्वाहा गरेकी शर्माको  मुकुन्डो नामक चलचित्र सर्वाधित्र लोकप्रिय बन्यो । कयौं पटक यसलाइ देश–बिदेशका स्टेजमा प्रस्तुत गरियो । शर्मा भन्छिन्– त्यो समय जतिबेला म यो क्षेत्रमा प्रबेश गरें, छोरीहरुलाइ सहज थिएन् । अनेकौं यातना र समस्याहरुको सामना गरेकी छु मैले । तर परिश्रमको कमाइ अर्थपुर्ण हुन्छ र मिठो पनि । आज म आफ्नो क्षेत्रमा सफल छु ।” नृत्य शिक्षिका,नृत्यांगना तथा अभिनेत्री यि तिनैवटा बिधामा प्रखर मिथिला शर्माको खारिएको अभिनयबाट मोहित नहुने शायदै होलान । त्यसैले यस बर्षको सेलिब्रेटिङ्ग वुमनहुड अन्तर्गतको महामाया अर्वाड प्राप्त गरेपछि उनी भन्दै थिइन्– सम्मान त धेरै लिएकी थिएं तर एउटी नारीले अर्की नारीलाइ गरेको यो पृथक सम्मानले ममा ऐक्यवद्धताको ज्योती बालिदिएको छ । हामी नारीहरु एकजुट हुनुपर्छ । हामी मिले जस्तो कुकै चुनौतीको पनि सामना गर्न सक्छौं ।” 
 
(८) लक्ष्मी - उज्ज्वलता सुब्बा
   चौबीस बर्षे यौवनावश्थामा नै एकल (बिधवा) हुन पुगेकी  उज्ज्वलता सुब्बा ट्रयाडिशनल मेथड लाइ पछ्याउंदै नेपालीहरुको राष्ट्रिय पोशाक ढाकाको  जर्गेना तथा संरक्षणमा लागेकी छिन् । करिब १७ बर्ष अघि आयमुलक कामका रुपमा उनले शुरु गरेको ढाका म्यानिफ्याक्चर कम्पनी आज ढाकाको सबैभन्दा पुरानो र ठुलो मात्रामा ढाका उत्पादन गर्ने कम्पनी हुन पुगेको छ । कयौं महिलाहरुलाइ  रोजगार दिएर आर्थिक रुपमा सबल बनाउने अभियानमा लागेकी सुब्बाको यो सफलता उनको एक्लो प्रयासबाट शुरु भएको थियो । न त उनलाइ सघाउने कुनै हातहरु थिए न त उनको सुख–दुखको साथी श्रीमान नै । ”श्रीमानको मृत्यु पछि सम्पुर्ण परिवारको जिम्मेबारी आफैंले लिनुपर्यो ।” बिगत तर्फ फर्कंदै सुब्बा भन्छिन्–“त्यो बेलाको परिस्थितीको सामना गर्नु मेरा लागी निक्कै कठिन थियो । एक्ली महिला त्यसमा पनि बालबच्चासहितको । सोही मैले परिवारको लालनपालनको जोहो गर्न पुरातन बिधिबाट ढाकाका कपडा बुन्न शुरु गरें ।” त्यही पुरातन बिधिले नै आज उनलाइ अन्तराष्ट्रिय बजारमा समेत चिनाएको छ । उनले आफ्नो कम्पनीमा बिबिध किसिमका हिंसा र द्धन्द्धबाट प्रभाबित महिलाहरुलाइ रोजगार दिने काम गरेकी छिन् । सेलिब्रेटिङ्ग वुमनहुड २००८ मा ब्यापार ब्यावसायमा प्रसिद्धी कमाएबापत दिइने लक्ष्मी बिधाको अवार्डद्धारा सम्मानित भएपछि हर्षका आंसु झार्दै उज्ज्वलता भन्छिन्– दुखलाइ दुख नसम्झी परिश्रम गर्दै गयो भने एक न एक दिन राम्रो कामको मुल्यांकन हुंदो रहेछ । यो सम्मानले म मा अझ धेरै बर्ष बांच्ने प्रेरणा थपिदिएको छ ता कि म अझ लामो समयसम्म यस्ता नारीहरुको सहारा बनेर रहन पाउं । उनीहरुलाइ हत्तोत्साही नबन्ने ज्ञान दिन सकुं ।”
 
(९) भवानी - प्रथम समाबेशी महिला सगरमाथा आरोहण दल
    कुनै शाहासिक काम गरे बापत दिइने भवानी बिधाको सम्मान यस बर्ष एउटी मात्र भवानीले प्राप्त गरिनन् यस पिबधामा थिए १० जना भवानीहरु , जसले एकैसाथ संसारको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । “एकता” को सन्देश बोकेर सगरमाथा आरोहणबाट फर्केपछि हाल उनीहरु सोह िअभियानमा सक्रिय छन् । आरोहण टिम की सदस्य सुष्मिता मास्के भन्छिन्–” युनिटी इन डाइभर्सिटी भन्ने हाम्रो नारा थियो । संयोगवश यो अवार्डको थिम पनि युनिट िइन डाइभर्सिटी नै रहेछ । सेलिब्रेटिङ्ग वुमनहुड २००८ को भवानी बिधाको यो अवार्डले हाम्रो टिमलाइ अझै बलियो बनाइदियो ।” बलवान तथा शक्तिशाली देबीका रुपमा पुजिने भवानी बिधा आफुहरुका लागी सुंहाउंदो टाइटल भएको आरोहण दलको ठहर छ । आरोहण दलकी अर्की सदस्य शैली बस्नेत भन्छिन्– यो सम्मानले हामीमा अझ पृथक र बलिया काम गर्ने प्रेरणा थपिदिएको छ । एक्येवद्धतामा शक्ति हुन्छ हामीले सिकेको पाठ भनेको एकतामा शक्तिको पाठ हो र अहिले राष्ट्रका लागी पनि यही कुराको खांचो छ ।” 
     प्रथम समाबेशी महिला सगरमाथा आरोहण दलका १० सदस्यहरुमा सुष्मिता मास्के, शैली बस्नेत, आशाकुमारी सिंह, निमडोमा शेर्पा, छुनु श्रेष्ठ, पुजन आचार्य, माया गुरु¨, पेमाडिकी शेर्पा, नवा¨फुटी शेर्पा तथा उषा बिष्ट रहेका छन् ।