C.W. 2009

सेलिब्रेटिङ्ग वुमनहुड २००९

एउटा बेग्लै प्रस्तुतीका साथ
 
सृजनसिंह योञ्जन संस्थापक क्रियटिभ स्टेटसेन्ट्स तथा सेलिब्रेटिङ्ग वुमनहुड “नवदेबी सम्मान”
महिलाले महिलाको कुरा काट्ने, खुट्टा तान्ने प्रबृति ब्याप्त छ भनिएको नेपाली समाजमा महिलाले महिलाको अवन्नती चाहाने मात्र होइन, महिलाले महिलालाइ सम्मान पनि गर्छन भन्ने नविन सोचको अवधारणा म मा आयो । फलस्वरुप मैले सन् २००२ देखी सेलिब्रेटिङ्ग वुमनहुड “नवदेबी सम्मान” को स्थापना र शुरुवात गरें । जसले सामाजिक परिवर्तन र महिलाको दृष्टिकोणमा सकारात्मक प्रभाव पार्ला भन्ने मेरो त्यतिबेलाको सोच अहिले आएर वास्तवमै पुरा भएको छ । सेलिब्रेटिङ्ग वुमनहुड “नवदेबी सम्मान” द्धारा सम्मानित कतिपय महिला अहिले निर्णायक तहमा पुगिसकेका छन् । उनीहरुको निरन्तर लगाव, परिश्रम र सफलताको केही श्रेय यस सम्मानलाइ पनि दिएका छन् । मलाइ गर्व लाग्छ नेपाली नारीहरु पनि एक–अर्काको पुरक भएर हातमा हात मिलाएर अगाडी बढेको देख्दा, म असाध्यै खुशी हुन्छु एउटी नारीले अर्की नारीको पिडामा बोलिदिएको देख्दा अनि म आफुलाइ भाग्यमानी ठान्छु नेपाली नारी भएकोमा, जसले अर्को नेपाली महिलाको अक अधिकार र स्वतन्त्रताका लागी आफ्नो आवाज उठाइदिएकोमा । हाम्रो समाजमा ब्याप्त दोहोरो मुल्य मान्यता माथि प्रश्न उठाउंदै सही अर्थमा नारीहरुको स्थान केही हदसम्म छर्लङ्ग पार्ने एक प्रयास सेलिब्रेटिङ्ग वुमनहुड “नवदेबी सम्मान” का बिभिन्न नामाकरण गरिएका यि अवार्डहरु हुन् भन्ने मलाइ लाग्छ । मेरो एक मात्र उद्धेश्य कामको सही मुल्यांकन गर्नु, उत्साहा जगाउनुका साथै हरेक क्षेत्रमा महिलाहरुमा ऐक्यबद्धता कायम गर्नु हो । गत बर्ष देशमा संघीयताका मुद्धाहरु बिशाल रुपले उठिरहेको हुनाले हिमालको डांफे र तराइकी मुरली बिचको प्रेम पछिको बिवाह र उनीहरुबिचको सुमधुर सम्बन्धलाइ प्रस्तुत गरिएको थियो । जसले देशलाइ टुक्र्याउने होइन एकढिक्का बनाएर सबैमा भाइचाराको सन्देश दिएको थियो भने यो बर्ष सम्पुर्ण नेपाली नारीहरुमा समर्पित श्रmृतु रंग–नेपालका रंगहरुको प्रस्तुती देखायौं । अलग ढंगले, पृथक शैली द्धारा महिलाको सम्मानमा जुटेको यो अभियानले समग्र नेपाली नारीलाइ एउटै मालामा उनेर आफ्ना अधिकार र सशक्तिकरणका लागी अगाडी बढ्ने बाटो पत्ता लगाउनेछ साथै समग्र नारीलाइ ऐक्यबद्ध हुन मद्धत पुर्याउनेछ भन्ने मेरो बिश्वास छ । मुख्य कुरा पुर्व सम्मानित महिलाहरुले पनि यस सेलिब्रेटिङ्ग वुमनहुड “नवदेबी सम्मान” लाइ आफ्नै एउटा सञ्जालको रुपमा बिकाश गर्नमा मद्धत पुर्याउनुपर्छ । अनि मात्र हामी महिलाले वास्तवमै अर्को महिालका लागी योगदान गरेको ठहरिन्छ । 
 
(१) भगवती - जया लुईटेल–रेडियो पत्रकार
शक्तिकी खानी जसले चेतनाका लागी आफ्नो लगन खर्च गरिन् । सेलिब्रेटिङ्ग वुमनहुड अन्तर्गत यस बर्षको भगवती अवार्ड द्धारा सम्मानित ब्यक्तित्व रेडियो पत्रकार जया लुइटेल, जसले रेडियोलाइ माध्ययम बनाएर समाजमा थुपै्र साक्षरता तथा चेतना मुलक काम गरिसकेकी छिन् । एक दशक अघि देखी रेडियो सगरमाथामा महिला केन्द्रित कार्यक्रम द्धारा थुपै्र उपलब्धी हासिल गरेकी लुइटेल हाल इक्वेल एक्सेस मार्फत सामुदायिक पत्रकारको अवधारणामा कार्यरत छिन् । उनको सहयोगले आज करिब १ सय भन्दा बढी सामुदायिक पत्रकारहरुको जन्म भएको छ । सन् १९९९ देखी २००६ सम्मको उनको रेडियो सगरमाथाको यात्रामा उनले उत्पादन गरेको लैङ्गिक समानता सम्बन्धी कार्यक्रम “सह अस्तित्व” बाट प्रभावित भएका र सोही कार्यक्रममा अन्र्तवार्ता दिन आएका ब्यक्तिहरुको जीवनमा सकारात्मक प्रभाव परेका घटनाहरु धेरै छन् । सो कार्यक्रमले देश भित्र र बाहिरका श्रोताको आंट, शाहस र आवाजलाइ अझ बुलन्द बनाएको थियो । जुन कालान्तरमा महिला अधिकारका पक्षमा सशक्त आवाजका साथै वकालत बनेर प्रस्फुटन भए । उनको बिदेश बसाइ र त्यहांको सिकाइले पनि नेपाली महिलाका बारेमा गर्नुपर्ने कामहरु अझ धेरै बांकी नै रहेको आभाष गरायो । रेडियोका माध्यमद्धारा आगामी जीवन शसक्त ढंगले बिताउने महिलाको सपना साकार पार्ने लक्ष्यमा जुटेकी जया आफ्नो लामो कामको अनुभवल संगै आफुमा बढ्दो आत्मबिश्वासलाइ आफ्नो सफलताको कसी ठान्छिन् । 
 
(२) भवानी - मञ्जु गुरुङ्ग ( पोखरा, भलिबल खेलाडी )
नाम ः मञ्जु गुरुङ
जन्म मिति ः २०४६ साउन ९ गते
जन्म स्थान ः माछापुच्छ«े गाविस वडा नं. १ खैरेटोल, कास्की
आमाको नाम ः भिमसुवा गुरुङ
बुवाको नाम ः स्वर्गीय बोल बहादुर गुरुङ
अध्ययन ः प्लस टु उतिण
सानै उमेर देखी खेलकुदमा रुची राख्ने मञ्जु गुरुङ्गकोे खेलकुद यात्रा उनी ४ कक्षामा पढ्दा देखी नै शुरु भएको हो । भर्खरै सम्पन्न नेपाल खेलकुद पत्रकार मञ्चद्धारा स्थापित पल्सर वर्ष उत्कृष्ठ खेलाडी २०६५ मा उत्कृष्ठ ठहरिएपछि नेपाली खेलकुदप्रेमीहरुमा उनको क्रेज अझै झांगिएको छ । करियर शुरुवातको २ बर्ष भित्रै मञ्जु सम्मिलत महिला भलिबल टिमले बाह्रौं राष्ट्रिय भलिबल प्रतियोगितामा दोस्रोस्थान हासिल गर्न सफल भएको थियो । त्यपछि उनले आफ्नो खेल यात्रामा पछि फर्किएर हेनुै परेन् । किनभने उनको टिम कहिल्यै दोस्रो भएन् । बि.सं २०६२ मा बेस्ट प्लेयर तथा बेस्ट स्किकर टाईटल पाएकी मञ्जुलाइ २०६३ मा आएर बर्षको सर्बोत्कृष्ट भलिबल खेलाडी ( आउटस्ट्याण्डिङ्ग प्लयेर अफ दि इयर इन भलिबल ) मा घोषणा गरियो । सन् २००६ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न दशौं दक्षिणयशियाली च्याम्पियनसिपमा मञ्जु सहभागी भएको भलिबलको नेपाली टिमले ताम्र पदक नेपाल भित्र्याउन सफल भएको थियो । 
 
१. खेल ः भलिवलमा विशिष्टता, एथलेटिक्स र बास्केटवलमा उत्कृष्ठता
२. खेलजीवनको शुरुवात ः २०५७ सालदेखि कक्षा ४ मा अध्ययन गर्दाबाटै, ज्ञानुवावा उच्च मावि पोखराबाट
३. बाह्रौं राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०५९ दोश्रो
४. पश्चिमाञ्चलस्तरीय महिला भलिवल प्रतियोगिता २०६० प्रथम
५. तेश्रो विद्यालय स्तरिय राष्ट्रिय भलिवल प्रतियोगिता २०६० प्रथम
६. चौंथो विद्यालय महिला राष्ट्रिय भलिवल प्रतियोगिता २०६१ प्रथम
७. ढोरपाटन कप २०६१मा प्रथम
८. तेह्रौं महिला राष्ट्रिय भलिवल प्रतियोगिता २०६२ मा प्रथम
९.तेह्रौं महिला राष्ट्रिय भलिवल प्रतियोगिता २०६२ मा सर्वोत्कृष्ठ खेलाडी र बेष्ट स्पाइकर घोषित 
१०. नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि संघ २०६३ मा भलिवल तर्फ वर्षको उत्कृष्ठ खेलाडीबाट सम्मान
११. दोश्रो छन्त्याल कप २०६४ मा प्रथम
१२. चौधौं महिला राष्ट्रिय भलिवल प्रतियोगिता २०६४ मा प्रथम
१३. दशौं दक्षिण एशियाली खेल कोलम्बो सन २००६ मा कास्य पदक दिलाउन सफल
१४. कास्की जिल्ला खेलकुद विकास समितिबाट कास्की जिल्ला उत्कृष्ठ महिला खेलाडी २०६४ बाट सम्मान
१४. दोश्रो ढोरपाटन ब्लुस्काई कप २०६५ मा प्रथम
१५. दोश्रो ढोरपाटन ब्लुस्काई कप २०६५ मा सर्वोत्कृष्ठ खेलाडी घोषणा
१६. पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६६ भलिवल प्रतियोगितामा प्रथम 
१७. नेपाल खेलकुद पत्रकार मञ्चद्धारा स्थापित पल्सर वर्ष उत्कृष्ठ खेलाडी २०६५ मा मनोनयनमा ।
 
(३) करुणा - डा. सुमित्रा मानन्धर गुरुङ्ग 
ग्रामीण बिकाशमा आफ्नो दुइ दशकको अनवरत यात्रामा सुमित्रा मानन्धरले प्राकृतिक सम्पदा ब्यवश्थापन तथा सामुदायिक बिकाशमा सामुदाय स्वयंको समावेशी अवधारणाको बिकाशका लागी नेतृत्वदायी भुमिका निर्वाहा गरिसकेकी छिन् । सीमान्तकृत समुहमा ब्याप्त गरिबी निवारणलाइ मुल मुद्धा बनाउंदै  उनीहरुको  सामााजक आत्मासम्मानको सुनिश्चितताका लागी लडेकी उनले सो समुदायको बिकाश र उत्थानका लागी वकालत गर्ने काममा समेत आफुलाइ समर्पित गरिन् । त्यसबाहेक उनले ग्रामीण क्षेत्रमा लघु–बित्त कार्यक्रम मार्फत त्यहांका भुमिहिन महिलाको आर्थिक शसक्तिकरणमा ठुलो भुमिका समेत निर्वाहा गरिसकेकी छिन् । लघु–बित्त कार्यक्रम लुमन्ती जन्माउन र त्यसको कुशल नेतृत्वमा  सुमित्राकोे मुख्य हात छ । उनले जति पनि काम गरिन् ति सबै ग्रामीण भुमीहिन र सीमान्तकृत समुदायको सामाजिक समावेशीकरण र उनीको बिकाशका साथै सशक्तिकरणमा केन्द्रित छन् । सुमित्रा बिगत ४ बर्ष देखी यता तिनै गरिब, निमुखा, भुमीहिन सीमान्तकृत समुदायलाइ आगामी बन्ने नयां संबिधानमा समावेश गर्न क्रियाशिल छिन् । हाल उनी वुमन्स कोअपरेटिभ सोसाइटी बैंकिङ्गकी एक्ज्युकेटिभ चियसर्पन, ( नेशनल कोलिजन एगेन्स्ट र्यासियल डिस्क्रिमिनेशन ) एनकार्ड की चियरपर्सन तथा इनडिपेन्डेन्ट डिभलपमेन्ट कन्सल्टेन्स का रुपमा कार्यरत छिन् ।
 
(४) लक्ष्मी - उषा गोङ्गल ( उद्यमी )
धन–धान्यकी देबी लक्ष्मी जसले मानिसको जीवनमा समृद्धि ल्याउंछिन् नितै लक्ष्मीको प्रतिमानका रुपमा हरेक बर्ष हुने सेलीबेटिङ्ग वुमनहुड अन्तर्गतको लक्ष्मी अवार्ड, यसपटक उद्यमी उषा गोङ्गललाइ प्रदान गरियो । उषालाइ एक महिला उद्यमी भनेर मात्र होइन उनको त्यो बाहेक अन्य थुपै्र पहिचान तथा चिनारी छन् । एउटी संघर्षशील सफल उद्यमी, लैङ्गिक बिशेषज्ञ, स्रोत ब्यक्तिका लागी तालिम प्रशिक्षक, यी बिबिधतामा एकता को अर्को सिंगो शब्द हो उषा गोङ्गल । सन् २००४ मा स्थापना भएको उषाको उत्पादन समुह “योङ्ग वाओ क्राफ्ट” ले एक्काइसौं शताब्दीका महिलाका आवश्यकतालाइ पुर्ति गर्न सफल छ । यसले प्राकृतिक कच्चापर्दाथद्धारा घरेलु लत्ताकपडा तथा हेण्डिक्राफ्ट उत्पादन गर्दै आएको छ । पर्म्परागत अवधारणाद्धारा नेपाली संस्कृति झल्काउने उत्पादनमा जोड दिइरहेको “योङ्ग वाओ क्राफ्ट” ले आफुजस्ता अन्य घरेलु उत्पादन संस्था तथा हेण्डिक्राफ्ट संघको समेत बजारीकरणमा ठुलो सहयोग पुर्याउंदै आइरहेको छ । त्यसका अलावा “योङ्ग वाओ क्राफ्ट” ले नयां शैली र डिजाइनका प्राकृतिक फाइबरद्धारा सामान उत्पादन गर्ने संघ–संस्थालाइ तालिमको आयोजना गर्दै आइरहेको छ । यस क्राफ्टद्धारा उत्पादित सामान नेपाली बजारका अलावा अष्ट्रिया, जर्मनी, जापान, कोरिया, युके तथा अमेरिकामा समेत प्रख्यात छन् । नेपाली महिलाको आर्थिक शसक्तिकरण तथा सीपबिकाश र रोजगारीमा केन्द्रित “योङ्ग वाओ क्राफ्ट” ले आफ्नो बिक्रीको ५० प्रतिशत रकम योङ्ग बिपिडब्ल्यु
 ( बिजनेश एण्ड प्रोफेशनल वुमन ) नेपाल मार्फत गरिब महिलाका लागी खर्चिने भावी योजना बनाएको छ । 
 
(५) महामाया - निशा शर्मा ( काठमाडौं )
     दुइ दशक अघि एउटी पांच बर्षिया बालिकाले नाटकको संसारमा पाइला राखिन् । त्यो बेला देखी आजसम्म उनका ति पाइला निरन्तर यात्रामा थाकेका छैनन् । तिनै शाहासिक यात्राकी अनुयायी हुन् निशा शर्मा जसले आफ्ना पति सुनिल पा्खरेल संगै गुरुकुल मार्फत नयां पुस्तासंग आफ्ना अनुभव अनुभुतीहरु साटिरहेकी छिन् त्यति मात्र होइन उनले थिएटरमा नयां पुस्तालाइ जागरुक हुन र यसको महत्व बुझाउन पनि उत्तिकै समय खर्चेकी छिन् । उनले देशका ३५ जिल्लामा त्यहांका स्थानिय समुदायसंग मिलेर नाटक कार्यशाला पनि सफलताका साथ सम्पन्न गरिसकेकी छिन् । निशा शर्मा थएटरका क्षेत्रमा परिचित नाम हो जसको श्रेय जान्छ उनको बिबिधता पुर्ण रोल र परिश्रमलाइ । उनी रंगमञ्चमा मात्र सिमित नरही लघु नाटक, टेलिसिरियल, तथा टेलिफिल्ममा समेत शसक्त अभिनय क्षमता भएकी कलाकार हुन् । उनी नृत्यकी गोल्ड मेडलिस्ट तथा अन्य थुप्रै राष्ट्रिय–अन्तराष्ट्रिय अवार्डकी बिजेता समेत हुन् । उनका अनुसार, हालसम्म जे जति गरिन् त्यो उनका लागी पर्याप्त छैन अझै धेरै अगाडी बढ्नु छ अबको उनको पाइला महिला शसक्तिकरण र महिलाका बिबिध जिम्मेबारीको भुमिकामा अगाडी बढ्नेछ । उनी सर्बप्रथम त घर बाटै महिलाका लागी समान अधिकारको शुरुवात हुनुपर्छ भन्नेमा बिश्वास गर्छिन् । 
 
(६) सरस्वती – चमेली वाइबा ( मकवानपुर )
बालबिवाह गरेकी मकवानपुरकी चमेली वाइबा बालबिधवा पनि हुन् । बिवाह गरेको बर्ष दिन मै श्रीमानको मृत्युका कारण उनको जीबनमा गरिबी, भोकमरी तथा निरासाले ठुलो स्थान पाइरह्या,े जबसम्म उनले आफ्नो नाम लेख्न सक्ने साक्षर भइनन् । पौढ शिक्षा कक्षा मार्फत साक्षर बनेकी वाइबाले पहिलो दिन आफ्नो नाम ब्ल्याकबोर्डमा लेख्न जानेको दिन आफैं दंगदास थिइन कि कसरी मैले आफ्नो नाम लेख्न सकें भनेर । त्यसदिन घर फर्केपछि पुरा रात आफ्नो नाम लेखेर छर्लङ्गै उज्यालो भएको थियो । जब उनले आफ्नो ३ अक्षरको नाम “चमेली” लेख्न सिकिन तब उनलाइ लाग्यो नेपाली ब्याकरणमा भएका यीे ३ अक्षरले मेरो पहिचान, मेरो अस्तित्व र म हुं भन्ने बोध गराउंछ भने पुरै अक्षर पढ्न पाए जीवन सार्थक हुने थियो भन्ने सोचले पढाइमा कस्सिन थालिन । त्यसपछिको समय उनले आफ्ना समुदायका बालबलिकाको शिक्षामा लागानी गरेकी छिन् । आफ्ना समुदायका बालबालिकालाइ उच्च शिक्षाको उद्धेश्य सहित बिद्यालय जान घच्घच्याउने वाइबा त्यस भेगका लागी शिक्षा सल्लाहाकार जस्तै छिन् । आफ्नो गाउंमा भएको एउटा मात्र बिद्यालय त्यो पनि तसार खोलाको पारिपट्टि पर्छ । तसार खोलाले आफ्नो गाउं कटान गरेका कारण त्यहांका केटाकेटी बिद्यालय जानबाट वञ्चित भएको देखेर चमेलीले उक्त खोलामा पुल बनाउने ब्यक्तिगत अवधारण अघि सारिन् । उनको कुरामा गाउंका मान्छेहरुको अपत्यारिलो हांसो चमेलीका लागी चुनौती बन्यो । आफ्नो बिश्वासमा अडिग चमेलीले पुल बनाउने सपना साकार पारेरै छाडिन् । उक्त पुल पार गरेर बालबालिकाहरु पढ्नका लागी बिद्यालय गएको दृश्यले चमेलीलाइ आत्मासन्तुष्टि मिलेको छ । भन्छिन्– फलामले बनेको पुलद्धारा हामी नदी पार गर्न सक्छौं, शब्दले बनेको पुलद्धारा हामी मानिसको बिचार परिवर्तन गर्न सक्छौं ।” आज चमेली पांचवटा सहकारी संस्थाकी प्रमुख भएर अन्य महिलामा टिका चुरा किन्ने पैसाबाट केही रकम छुट्ट्याइ बचत गर्न लगाउने बानीको बिकाश गराइरहेकी छिन् । त्यसबाहेक हाल चमेलीे स्थानिय महिलाको शिक्षाका लागी स्वतन्त्र तथा स्थायी शैक्षिक सेवा केन्द्र तर्फ केन्द्रित छन् । 
 
(७) शक्ति - तृप्ता थापा मगर ( सुनसरी ) 
सकारात्मक सोच र कार्यको एउटा सच्चा तथा ज्वलन्त उदाहरण, यस बर्षको सेलिबे्रटिङ्ग वुमनहुड अन्तर्गत शक्ति अवार्डद्धारा सम्मानित सुनसरीकी तृप्ता थापमगर दुइ बर्षको कलिलो उमेरमा पोलियो रोगबाट प्रभावित भएर खुट्टा द्धारा हिड्न सक्ने शक्ति गुमाएकी महिला हुन् । काठमाडौंबाट प्रमाणपत्र तहको अध्ययन सिध्याएपछि उनको सामाजिक जीवनको शुरुवात भयो । आइ ए पास हुने बित्तिक्कै उनी आफ्नो गाउं फर्किएर धरानको नेत्रहिन स्कुलमा पढाउन थालिन् । त्यही समयमा हो उनले जीवनमा पहिलो पटक ब्ह्लिचेयर प्रयोग गर्न थालेको । सोही बेलादेखी उनी राष्ट्रिय अपाङ्ग महासंघमा आबद्ध भइन् सो मार्फत उनले नेपाल चेलीबेटी अपाङ्ग समाजको कुशल नेतृत्व गर्न थालिन् । हरक्षणका चुनौतीलाइ अवसर ठान्ने तृप्ता आज दुइ सय भन्दा बढी फरक क्षमता÷खुबी भएका महिला सम्मिलत नेपाल चेलीबेटी अपाङ्ग समाजलाइ हांकेर समाजिक नेतृत्वमा अगाडी बढिरहेकी  छिन् । सो संस्थाले फरक क्षमता÷खुबी भएका महिलाको शिक्षा, स्वास्थ्य, सशसक्तिकरण, सामाजिक पुर्नस्थापना मा बिभिन्न संगठनसंगको सहकार्यमा उल्लेखनिय काम गरिरहेको छ । त्यसबाहेक सो समाजले बचत तथा श्रmृण समुह स्थापना गरी अन्य महिलाको शसक्तिकरणमा समेत महत्वपुर्ण भुमिका निर्वाहा गरिरहेको छ । आफ्ना सहयोगी टिमको सहकार्य पाएर आफ्नो ठाउंका महिलाका लागी आफुले केहीगर्न सकेको महसुस गर्ने तृप्ता यस बर्षको सेलिबेटिङ्ग वुमनहुड अन्गर्ततको शक्ति अवार्ड पाउंदा गौरवान्वित महसुस गर्दै भन्छिन्–खुट्टा नचलेर को भो, मेरो दिमागी क्षमताले मलाइ सफल तुल्याएको छ , यो अवार्ड यसैको प्रतिफल हो । 
 
(८) अन्नपुर्ण - सीता कर्ण ( जनकपुर )
बुर्का लगाउनुपर्ने समुदायमा हुर्किएकी सीता कर्ण बिगत सोह््र बर्ष देखी घुम्टो उघारेर खुला आंखाले समाजलाइ नियालीरहेकी छिन् त्यो पनि नारी बिकाश केन्द्र मार्फत । आफ्नो संस्कार–संस्कृति झल्किने मिथिला आर्टमा केन्द्रित उनले आफु जस्ता थुप्रै मधेसी महिलाको आत्माबिश्वास बढाइ आर्थिक रुपमा पनि सक्षम बनाउन सीप बिकाशको पाटोमा महत्वपुर्ण भुमिका खेल्दै आइरहेकी छिन् । जनकपुर नारी बिकाश केन्द्रकी संस्थापक उनी आफुहरु बाहिर निस्कंदा आत्माबिश्वासका साथै आंट–शाहस बढेको कुरा यसरी ब्यक्त गर्छिन–जब हामी पर्दामा मात्रै सिमित थियौं त्यतिबेला यही नै हाम्रो संसार हो भन्ने लाग्थ्यो, हामी महिलाले जन्मदै यस्तै भाग्य लिएर आएको हो हामी यसरी नै बस्नु पर्छ भन्ने महसुस हुन्थ्यो तर बुर्का खोलेर समुदायमा घुलमिल हुन थालेपछि हामीमा आत्माबिश्वास बढेको छ । छोरीलाइ पनि पढाउनु पर्छ भन्ने चेतना अँएको छ त्यसैले त अहिले हामी मधेसी महिला छोरी पढाउन आंट गरिरहेका छौं । हाम्रो समुदायको सबै भन्दा ठुलो मुद्धा तिलक प्रथा हो । यसको अन्त्य हुनुपर्छ ।” हाल केन्द्रमा थुप्रै आर्टिष्ट महिलाहरु संलग्न छन् जसले आफ्ना सिर्जनामार्फत संस्कृति उत्थान पनि गरिरहेका छन् साथ–साथै आयस्रोतमा पहुंच पनि बढाइरहेका छन् । घुम्टो भित्र रहंदा आफुलाइ धेरै अप्ठ्यारो भएको बताउने सीता भन्छिन्–हाम्रो पेण्टिङ्ग मार्फत सामाजिक उत्थान गर्ने अभियान पहिलो थियो अब हामी पेण्टिङ्गमा मात्रै सिमित नरही मधेसी महिलाका समस्यालाइ पनि राष्ट्रिय मुद्धाका रुपमा अगाडी बढाउनुपर्छ । जसका लागी हामी आफैं जागरुक बन्नुपर्छ ।” सेलिब्रेटिङ्ग वुमनहुड अन्तर्गत यस बर्षको अन्नपुर्ण अवार्ड द्धारा सम्मानित सीता कर्ण यस पुरस्कारले आफुलाइ महिलाका क्षेत्रमा फराकिलो भएर काम गर्न हौसला प्रदान गरेको बताउंछिन् । 
 
(९) दुर्गा - कृष्नि देबी चौधरी ( बर्दिया )
 ७ बर्षे कलिलो उमेर देखी कम्लरीका रुपमा साहुकहां काम गरेको अनुभव छ उनीसंग । बर्ष भरी काम गरेबापत उनले एकसरो लुगा सिवाय अरु केही पाउ्रंदिनथिन् । ४ बर्षसम्म उनले त्यसैगरी साहुंकहां आफ्नो हाड–छाला घोटिरहिन् । जब उनी पन्ध्र बर्षमा पाइला टेकिन् उनको बिवाह त भयो तर श्रीमानसंग बसेपनि साहुकहांबाट बार्षिक १२ बोरा धान पाउने सर्तमा काम भने गरिरहनुपर्ने कबुलमा । बि.सं २०५७ सालमा सरकारले मुक्त कमैया घोषणा गरेतापनि धेरै कमैयाले न त जग्गा जमिन पाए न कुनै भरणपोषण नै । आधिकारिक दर्ता भएका ३२ हजार ५ सय ६८ कमैया अहिलेसम्म पनि समाजमा पुर्नस्थापनाका निम्ति लडिरहेका छन् । ति मध्ये कति कमैया पुरुषहरु कामको खोजीमा भारत पलायन भए भने तिनका बालबच्चा परिवार शहर पसे । सो अवश्थाको सामना गर्न अस्हयै भयो कृष्निदेबी चौधरीलाइ । मुक्त कमैया समाजको गठन पछि नेतृत्वदायी भुमिका निर्वाहा गर्दै कृष्निले सदियौं देखी दासत्व सहेर आएका कमैयाका हक, अधिकारका पक्षमा वकालत गर्न थालिन् । हाल उनी कमैयाहरुको समान शिक्षा, स्वास्थ्य र अधिकारका लागी लडिररहेकी छिन् । भन्छिन्– ५ कठ्ठा जग्गा, बास निर्माणका लागी १० हजार नगद माग सहित हामी कमैया सरकारसंग लडिरहेका छौं । श्रमशोषणको अन्त्य हुनुपर्छ, कानुनको सही कार्यान्वयन हुनुपर्छ भन्ने उद्धेश्य हो । सेलिब्रेटिङ्ग वुमनहुड २००९ अन्तर्गतको दुर्गा अवार्ड द्धारा सम्मानित कृष्निदेबी भन्छिन्– तन, मनर लगनले काम गरे असम्भव केही रहेनछ । मलाइ यो अवार्ड पाउंछु भन्ने लागेको थिएन् । निरन्तर काम गर्दै जांदा सम्मान पाइदो रहेछ । अब म कमैयाहरुको मुक्ति पछि मात्रै थकाइ मार्नेछु । मलाइ अझ उत्साहा बढेर आएको छ ।