C.W. 2010

सेलिब्रटिङ्ग वुमनहुड ( नवदेबी सम्मान ) – २०१० का सम्मानित ब्यक्तित्वहरु 

All the nominees of Celebrating Womanhood 2010

(१) भवानी - नेरी थापा ( क्रिकेटर )

सबै भन्दा ठुलो अन्तराष्ट्रिय खेलाडी बन्ने लक्ष्य राखेकी नेरी थापा ( १९ ) ले थाइल्याण्डमा सम्पन्न यु–१९ ( २००८ ) महिला टोलीको नेतृत्व गर्दै नेपाललाइ पदक दिलाउन सफल भइन् । बक्सिङ्ग प्रशिक्षक बुवा लिलु तथा आमा निर्मला थापाको कान्छी सन्तान नेरी नेपालगञ्जको फत्तेपुरमा जन्मिएकी हुन् । मंगलप्रसाद उच्च मा.बि. नेपालगञ्जबाट प्लस टु गरेकी थापा शुरुवातका दिनमा रनिङ्गमा रुची राख्थिन भने अहिले उनी ब्याडमिन्टन तथा क्रिकेटमा ब्यस्त छिन् । ६ बर्ष अघि प्लानको आयोजनामा नेपालगञ्जमा सम्पन्न इन्टरस्कुल क्रिकेट टुर्नामेन्टमा भाग लिंदाको जीत पछि उनी क्रिकेटतर्फ तानिएकी हुन् । सन् २००८ मा थाईल्याण्डमा सम्पन्न यु–१९ अन्तराष्ट्रिय क्रिकेट टुर्नामेन्टमा प्रथम पटक नेपालले पहिलो जीत हात पार्नुलाइ उनी सम्पुर्ण नेपाली छोरीहरुको जीत भएको दाबी गर्छिन् । त्यसपछि मलेशियामा सम्पन्न खेलमा उक्त टीमले द्धितिय स्थाल हासिल गरेको थियो । भन्छिन्– सानै उमेरदेखी नाम,प्रतिष्ठा कमाउन थालें सो कुराले म मा यस खेलमा जमेर लाग्ने थप प्रेरणा मिल्यो । टिमको नेतृत्व गर्न पाउनु धेरै ठुलो कुरा हो । म मा केही खुबी भएकै कारण मलाइ छानियो होला । म बाहेक टिमका अन्य साथीले नेतृत्व गरेको भए पहिलो पटक हुने हुनाले टिमको नेतृत्व गर्न केही गाह्रो हुन्थ्यो कि ? उनका अनुसार फुटबल, क्रिकेट लगायतका खेलहरु पुरुषका मात्रै हुन् भन्ने मानसिकता अब सबैले हटाउनुपर्छ । आफ्नो टिमको जीतबाट प्रभावित भएर पुरुषले पनि अब हामी पनि जीत्नुपर्छ भन्ने कुरा सिक्नुपर्छ । शहरी क्षेत्रबाहेकका युवतीहरुमा लजाउने, उनीहरुको आत्मबिश्वासमा कमी, अबिभावकले घरबाट बाहिर निस्कन नदिने जस्ता समस्या भएको नेरीको ठहर छ । उनीहरुका लागी सचेतना मुलक कार्यक्रम ल्याउन जरुरी छ जसमा सरकारको पनि पहल आवश्यक छ । खेलकुद परिषदको १५ दिनको क्याम्पिङ्ग पर्याप्त नभएको र जित हात पार्नका लागी धेरै दिनको बन्द प्रशिक्षणमा राखेर बढी भन्दा बढी तालिमको ब्यवश्था गर्नुपर्छ । 

   नेपाली क्रिकेटको भबिष्य उज्जवल देखेको उनी बताउंछिन् । किनभने छोटो समयमै आफुहरुले धेरै लोकप्रियता र सफलता हात पारिरहेको यथार्थले उनलाइ यो सोच्न बाध्य बनाएको हो तर आम्दानीमा भने अझै पनि आफुहरु सन्तुष्ट नभएको गुनासो उनीहसंग छ । नेरी भन्छिन्–आफुलाइ देख्दा शुखी लाग्छ, मभित्र पनि कुनै एउटा बलियो शक्ति र प्रतिभा छ भन्ने लाग्छ ।” नजिकका साथीहरुसंग जोक गर्दा र अरुलाइ जिस्काउंदा ज्यादा मनोरञ्जन हुने बताउने नेरीले महिलाले महिलाइ गरेको यो सम्मान आफ्ना लागी जीवनको ठुलो उपलब्धी भएको बताइन् । एक्कासी यस किसिमको सम्मानबाट सम्मानित हुन पाउंदा ज्यादै गर्व लागेको र आगामी दिनमा अझ राम्रो गर्ने चुनौती थपिएको महसुस भएको कुरा उनले प्रष्ट पारिन् । 
 
(२)  महामाया - सरला लामा ( नेचुरोथेरापिष्ट )
 देख्दा साधारण लाग्ने लाग्ने तर असाधारण प्रतिभा तथा क्षमता भएकी सरला लामा (३५) पुर्वी पहाडी जिल्ला खोटाङ्गको दिक्तेलमा जन्मिएकी हुन् । जडीबुटीद्धारा गाउंका बिरामीलाइ उपचार गर्ने सरलाका हजुरबुवा, बुवाको काम देखी अत्यन्तै प्रभावित भएर उनले सानै देखी यसबारे अध्ययन गर्ने चाख राखिन् । नेपालका उच्च हिमाली क्षेत्र लगायत तराइका फांटमा पाइने बिभिन्न औषधीजन्य बोटबिरुवा पत्ता लगाइ सोही मार्फत बिभिन्न रोगको निदान गर्ने काममा खटिरहेकी सरला महिलालाइ सुन्दर बनाउने काममा पनि प्रखर छिन् । भन्छिन्– क्रोनिक भएको रोगको औषधी उपचार गर्दा–गर्दा थाकेर हार खाएका हरु म कहां आउंछन् । मैले आफ्नो शक्ति उनीहरुको शरिरमा पठाएर प्राकृतिक तरिकाले उपचार गर्छु । मैले प्रयोग गर्ने कुनै पनि औषधीमा कुनै केमिकल्स मिसाइएको हुदैन् जसका कारण साइड इफेक्ट्सको शंकै गर्नु पर्दैन् ।”  थाइरोइड, प्यारालाइसिस, महिलामा बांझोपन, पाठेघरको समस्या, सुन्दरता सम्बन्धी बिभिन्न समस्या, आंखाको उपचार लगायतका समस्या भएका करिब हजार भन्दा बढी बिरामीको उपचार सफल पारिसकेकी लामा आफु कहां आउने बिरामीलाइ साइक्लोजिकल्ली ट्रिटमेन्टमा समेत जोड दिनुपर्ने बताउंछिन् । उनको अनुहार देख्ने र उनीसंग परामर्श लिने बित्तिक्कै २५ प्रतिशत रोग निको भएको महसुस हुने उनीकहां आउने बिरामीहरु बताउंंछन् । एउटा रोगको उपचार गर्दा बिभिन्न साइड इफेक्ट्सका कारण अर्को रोग जन्मिइरहेको अहिलेको अवश्थामा आफ्नै देशको जडिबुटीद्धारा दिर्घरोग समेत निको पार्न सफल लामाको यो शासह प्रशंसनिय छ । अचम्मको कुरा त –५ चस्मा लगाउने आंखाका रोगीहरु पनि उनको उपचार पछि चस्मा लगाउने झण्झटबाट मुक्त भएका छन् भने बर्षौंसम्म निसन्तान रहेकाहरु आमा बन्न सफल भएका छन् । पक्षघात भएर जीवन अब यत्तिक्कै सकियो भनेर हार खाएका हरु पुन आफ्नै खुट्टनले हिड्न सक्षम भएका छन् । आफ्नो अकल्पनिय कला र शक्तिद्धारा सबैलाइ मोहित पार्न सफल सरला लामालाइ यस बर्षको नवदेबी सम्मान २०१० मा माहामाया उपाधिले सम्मन गरियो । सम्मान ग्रहण पछि उनले भनिन्– यस सम्मानबारे यस अघि त्यत्ति राम्रोसंग बुझेकी पनि थिइन् । एक्कासी मलाइ फोन सम्पर्क गरेर सम्मान दिइने कुरा जानकारी गराउंदा म अचम्मित भएं । यो सम्मनले म मा थप उर्जा पैदा गरिदिएको छ । जुन उर्जा म मेरा बिरामीका लागी डटेर खर्च गर्नेछु ।
 
(३) दुर्गा - मेनुका थापा
“तं आंट म पुर्याउंछु भन्छन् भगवान ले” नेपाली हरु माझ लोकप्रिय यो भनाइ सबैको जीवनमा सार्थक हुन्छ भन्ने छैन् तर कतिपय यस्ता ब्यक्तिहरु हुन्छन् जो आंटेको कामलाइ पुरा नगरी छाड्दैनन् तिनैको जीवनमा यो भनाइले सार्थकता राख्छ । धनी बन्नका लागी नभएर समाजका बिकृति, बिसंगती हटाउन तथा महिलाका लागी सशक्त र समुन्नत बातावरण बनाउन बिगत एक दशक देखी महिलाका लागी कार्यरत मेनुका थापा एउटा कालखण्डबाट आफुलाइ पार गरेर आएकी एउटी यस्ती योद्धा हुन् जसले हजारौं महिलालाइ सीप, शिक्षा का अतिरिक्त डरलाग्दो परिस्थितीबाट बाहिर निकालिदिने काम गरिरहेकी छन् । शहरमा अब्यवश्थित रुपमा खुलेका रेष्टुरेन्ट, डान्सबार, मसाज पार्लर लगायत जोखिमपुर्ण स्थानमा कार्यरत महिलाहरुको अध्ययन, अनुसन्धान, गरी त्यहां कार्यरत ९० प्रतिशत महिलालाइ बैकल्पिक बाटोको खोजीमा आयमुलक र सीपमुलक तालिम, कार्यक्रम मार्फत पुर्नस्थापना गराउने काम गर्दै आइरहेकी मेनका कसैको सहयोग बिना एक्लै लागी परिरहेकी छिन् । 
 त्यस्ता जोखिमपुर्ण स्थानबाट उनले बाहिर निकालेका महिलाहरु आज सार्वजनिक माइक्रोबस चलाउनसक्ने भएका छन् भने धेरै जसो ब्युटीपार्लर, सिलाइ बुनाइ जस्ता आयमुलक काम मार्फत आम्दानी गर्नुका साथै शीक्षा र सीप पाएर सवल र सम्मानित नारीको रुपमा समाजमा उभिन सफल भएका छन् । 
७ दिदी तथा १ दाइमध्येकी सबैभन्दा कान्छी मेनुका छोरा जन्माउने थापा परिवारको आशाको उपज हुन् । गर्भमा छंदा बाबु मरेकाले जन्मंदै उनलाइ बाउ टोकुवाइ, अलच्छिनीको संज्ञा दियो त्यो समाजले । दुखजिलो गरेर काभ्रे पाटीखर्क कै श्रीकालिका प्रा.बि. बाट ५ कक्षा पास गरेकी उनले श्रीराम मा.बि खोपासीबाट एस.एल.सी पास गरिन् ।  एस.एल सी पछि कलेज पढ्ने सपना बुन्न थालेकी थिइन् । उनमा बैशको चढ्दो उन्मादसंगै शहर हेर्ने, धेरै पढेर ठुलो मान्छे बन्ने रहन दिनप्रतिदिन बढ्दो थियो । उच्च शिक्षा हासिल गर्ने लालसाले छोडेको थिएन उनलाइ तर बनेपा, धुलिखेल जस्ता काभ्रेका शहरी क्षेत्रमा कोठा लिएर बस्न सक्ने स्थिती पनि थिएन् । अब के गर्ने ? उनी बेचैन हुनथालिन् । उनलाइ थाहा थियो काठमाडौंमा उनका थुप्रै आफन्तहरु उच्च ओहोदामा छन्, बरिष्ठ राजनितीज्ञ पनि छन् तिनले त पक्कै सहयोग गर्छन् । हारगुहारका लागी उनी काठमाडौ आइपुगिन आफन्तको शरणमा तर न कसैले वास्ता गरे न त आफ्नोपन नै देखाए उल्टो दुब्र्यवहार गरे । रेडियोबाट तपाइ यदि कुनै आपत–बिपतमा हुनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहोस् हामी तपाइलाइ सहयोग गर्छौं...भन्ने जस्तो स्लोगान रेडियोबाट घन्किन्थे । त्यसैको बिश्वास गरी उनी कयौं एनजिओ धाएकी छिन् तर सबैले तिमी हाम्रो मापदण्ड भित्र पर्दैनौं भनेर फर्काइदिन्थे । त्यसपछि उनलाइ यस्ता संघ संस्था प्रति बिश्वास लाग्न छाड्यो त्यति मात्र होइन सत्य कुरा कसैले पत्याउंदा रहेनछन् भनेर उनको मन दुख्यो । उनका सबै साथीहरु डक्टर, इञ्जिनियर पढ्दै थिए तर उनी गायन पढ्ने इच्छाका साथ सडकमा भौतारिदै थिइन् । दिनभरी सडकमा भौतारिने अनि राती ग्रीनलेन्ज बैंक ( हालको स्ट्याण्डर्ड चार्टड) को पेटीमा सुत्ने गर्थिन उनी । बाल्यकालमा आफुले पनि त्यस्तै दुख पाएका बुद्ध इयरका चीफ इञ्जिनियर मोहनबहादुर थापा उक्त बैंकमा कारोबारका लागी प्राय आइरहंदा मेनुकालाइ देख्ने गर्थे । एकदिन उनले सबैकुरा सोधखोज गरे । आफ्नै गोत्रकी भएकाले छोरी बनाएर लैजाने र फेल नहुने शर्तमा पढाइने बाचास्वरुप पद्धमकन्या कयाम्पसमा संगीत बिषयमा भर्ना गरिदिए । उनी गाउंमा छंदाकी एउटी साथी काठमाडौंमा गार्मेन्टमा काम गर्छु भन्थिन् एकदिन अचानक तिनै साथीसंग मेनुकाको जम्का भेट भयो । उनलाइ भेटेपछि थाहा भयो उनी त गार्मेन्टमा नभएर क्याबिनमा काम गर्दि रैछिन् । उनै मार्फत मेनुकाले क्याबिन बारे अध्ययन गर्ने मौका पाइन् । पद्यमकन्यामा उनको संगीतको शिक्षा निरन्तर थियो । फेल भयो भने थापा दम्पत्तीले पढाउंदैनन तसर्थ मेरा लागी मैले आफैं केही गर्नुपर्छ भन्ने धुनमा पनि उनी थिइन् । त्यसैले उनी पद्धमकन्या स्ववियुले आयोजना गर्ने हरेक कार्यक्रममा गीत गाउन थालिन् । यसैबिच उनले दोहोरी सांझमा मासिक ५५ सयमा काम गर्न थालिन् । गायिका भएर काम गदाृ त्याहां कार्यरत अन्य वेटर बहिनीहरुलाइ ग्राहाकले छुने, जिस्क्याउने, अनावश्यक हात लगाउन खोज्ने गरेको देख्दा महिला माथि हुने हिंसा र दुब्र्यब्यवहार हो भन्ने लाग्यो । यसै क्रममा गौशाला, भिमसेनगोला, लगायतका स्थानका डान्सबार, क्याबिन तथा रेष्टुरेन्ट लगायतका स्थानमा पनि जोखिममा काम गरिरहेको अन्य दिदीबहिनीहरु उनको सम्पर्कमा आउन थाले । जमात ठुलो बन्दै गयो । बि.सं २०६० सालमा रक्षा नेपाल नामका सामाजिक संस्था स्थापना गरिन् ।  त्यस्ता जोखिमपुर्ण स्थानमा काम गर्ने ९० प्रतिशत भन्दा बढी महिलाले बैकल्पिक मार्ग खोजरहेको अवश्थामा उनले हालसम्म सायौं महिलालाइ शिक्षित बनाउनुका साथै आर्थिकरुपमा निर्भर बनाइसकेकी छिन् । उनीहरुलाइ तालिम दिने, बिभिन्न कार्यशालामा पठाएर भित्रै देखी सशक्त र बोल्न सकने बनाउने, सीप सिकाउने काममा उनी रातदिन खटेर लागिन् । हाल अधिकांश महिला उनीहरुकै जन्मथलो फर्किएर आफ्नो सीप बिस्तार गरिरहेका छन् भने कतिपय उनले सशक्त बनाएका महिला रुटका माइक्रोबस चलाउने, आफुले पढेको कुरा अरुलाइ पढाउने, लुगाफाटो सिलाउने, प्लम्बिङ्ग गर्ने जस्ता काममा उपत्याका मै ब्यस्त छन् ।  हाल उनले एउटा पुर्नस्थापना गृह, दुइवटा महिला बिद्यालय , एउटा सहकारी संस्था, एउटा पोलिक्लिनीक जस्ता संस्था सेवाका लागी चलाइरहेकी छिन् । ति सबैमा पुर्नस्थापित महिला कामदार छन् । एक–एक रुपैंया उठाएर शुरु गरेको सहकारीले आज बिस्तारित रुप लिएको छ । “बाध्यात्मक देहब्यापार मुक्त नेपालको पहिचान” भन्ने नाराका साथ अगाडी बढिरहेकी मेनुका आफुलाइ अधिकारकर्मी तथा गायिकका रुपमा चिनाउन चाहान्छिन् । उनले सञ्चालन गरेको पुर्नस्थापना गृहमा हाल घरेलु हिंसा पिडित एवं यौनजन्य हिंसापिडित २० जना महिला तथा ९ जना बालबालिका आश्रित छन् । ति केटाकेटीको पठनपाठनमा उनी आफ्नै खटिरहेकी छिन् भने ति २० जना महिला आफ्नो रुचीका बिभिन्न तालिम सकेर पुर्नस्थपना हुने तयारीमा छन् । उता रक्षाश्री सहकारीद्धारा ११ सय भन्दा बढी महिला लाभांवित छन् भने २ वटा बिद्यालय मार्फत ६ सय भन्दा बढी महिलाले शिक्षा लिइरहेका छन् । 
 
(४) करुणा - रीता शाक्य 
 आफु शारिरीक रुपमा अपाङ्ग भएका ब्यक्तिहरुको सुचीमा छु भन्ने थाहा हुंदा हुदै पनि उनलाइ कुनै चिन्ता छैन् । हंसिलो अनुहार, अरुलाइ प्रभाव पार्न सक्ने ब्यक्तित्व भएकी रीता शाक्यले शारिरीक रुपमा सवल ब्यक्तिले गर्ने भन्दा दोब्बर काम गरेर समाजमा उदाहरणिय बनेकी छिन् । पोलियो रोगबाट आफ्ना दुबै खुट्टा नचल्ने भएपछि उनको जागिर खाने चाहाना हराएर गयो तर पढाइ प्रतिको लगावका कारण उनले स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्न सफल भइन् । सानै देखी समाजका लागी केही गर्नुपर्छ भन्ने भावना बोकेकी रीता समाजमा भएका आफुजस्ता अन्य ब्यक्तिहरुको सेवा र सहयोगमा समर्पित छिन् । अपाङ्ग महिला समाजकी सदस्य सचिव शाक्य सो संस्था मार्फत तलितपुर जिल्लाका ८ वटा गा.बि.स मा रहेका शारिरीक रुपमा अपाङ्गता भएकाहरुका लागी तालिम, कार्यशाला लगायत परिवार भित्र ब्यवहार परिवर्तन गर्ने काममा दत्तचित्त भएर लागि परिरहेकी छिन् । भन्छिन्– ललितपुरका ग्रामीण गाउ बिकाश समिती झरुवारासी, बिशंखु लगायतका स्थानमा हामीले काम गर्न थालेपछि परिवार तथा समाजमा अपाङ्गता भएका ब्यक्तिहरुलाइ गर्ने बयवहारमा परिवर्तन आउन थालेको छ । उनीहरु पढ्ने बिद्यालयमा समेत ब्यवहारमा परिवर्तन आएको छ । पढ्ने बाताबरण सहज बनेको छ ।
   त्यसमा अलावा रीता एक सृजनशिल फेशन डिजाइनर पनि हुन् । उनको आफ्नै बुटिक छ । आय आर्जनका लागी उक्त पेशा अपनाए पनि उनको भविष्यको लक्ष्य तथा उद्धेश्य भनेको अपाङ्गता भएका ब्यक्तिहरुका लागी अझ डटेर लड्नु हो । भन्छिन्– हामी जस्ता ब्यक्तिहरुको सवालमा सरकारले पनि चासोका साथ गम्भीर कदम चाल्नुपर्छ । सेलेब्रेटिङ वुुमनहुुड नवदेवी सम्मान को नवौं संस्करणमा आइपुग्दा करुणा बिधाका लागी रीता शाक्य छनौटमा परेकी हुन् । यस सम्मानले आफ्नो तागत बढाएको र आफुजस्ता ब्यक्तिका लागी झन् प्रेरणादायक बनेको कुरा ब्यक्त गर्दै रीता भन्छिन्– यस सम्मानले म मा अझ केही गर्नुपर्छ भन्ने भावना पैदा गरिदिएको छ । निरन्तर काम गरिरहंदा मुल्यांकन हुंदो रहेछ भन्ने आभाष भएको छ । यसले मलाइ म जस्ता हजारौंको साहारा बन्न सक्ने कुरामा लक्ष्य निर्धारण गरिदिएको छ । 
 
(५)  लक्ष्मी - महिला आधारशिला ( दि वुमन फाउण्डेशन )
   ४५ जना महिलाबाट सन् १९८८ मा शुरु भएको महिला आधारशिला महिला र बालबालिकको हक अधिकारका लागी कार्यरत संस्था हो । हाल यसमा एघार हजार महिला सदस्यहरु रहेका छन् । ९ वटा जिल्लामा शाखा कार्यालय रहेको महिला आधारशिला मा ४ सय महिला र २ सय बालबालिका आश्रित छन् । निशुल्क कानुनी सहयोग तथा परामर्श सेवा उपलब्ध गराइरहेको यस संस्थाले भक्तपुरमा अर्गानिक खेती तथा गाइपालन सञ्चालन गरेको छ । महिला आधारशिला मार्फत ढाका उद्योग दर्ता गरेर पश्मिना, ढाका तथा सिल्कका बिभिन्न शैलीका पहिरन उत्पादन गरी राष्ट्रिय तथा अन्तरष्ट्रिय रुपमा बेचबिखन गर्न सफल छन् जसको नाफाबाट महिला तथा बालबालिकाको आवास सञ्चालन भएको छ । संस्थाले अपाङ्गता भएका र बालिकाका लागी छात्रबृत्ति प्रदान गर्ने गरेको छ । समाजमा भएका महिला हरुलाइ आत्मनिर्भर बनाउने र नेतृत्व बिकाश का लागी ठुलो भुमिका खेल्दै आएको महिला आधारशिला समाज उदाहरणिय छ । असाहाय, आर्थिक पहुंचबाट टाढा रहेका महिला तथा बालबालिको भविष्य निर्माण तथा उनीहरुको आय–आर्जनका निम्ति शसक्त भुमिका खलेबापत संस्थालाइ सेलेब्रेटिङ वुुमनहुुड नवदेवी सम्मान–२०१० को लक्ष्मी बिधाले सममानित गरियो । सम्मान ग्रहणपछि संस्थामा रेनु शर्मा र निर्मला उप्रेती ले संयुक्त रुपमा भने– समाज तथा राष्ट्रिय हितका लागी हामीले चालेको कदमको सरकारले पहिचान नगरेपनि आफु जस्तै महिलाले हाम्रो कामको मुल्यांकन गरी हौसला बढाउन थप सहयोग गरेकोमा आज यो सम्मान हाम्रो हातमा छ । यसले हामीमा थप जिम्मेबारी बोध भएको छ । यस्ता महिला तथा बालबालिका का लागी अझ नयां कार्ययोजना ल्याउने तयारीमा त हामी पहिल्यै नै थियौं अब उक्त कार्ययोजनाको कार्यान्वयन गर्ने काममा डटेर लाग्नेछौं । 
 
(६) अन्नपुर्ण - डोमा पौडेल 
   आफ्नी आमालाइ गैडाले मारिदिएको दुखद् घटना पछि चितवनकी डोमा पौडेलालाइ बन्यजन्तु संरक्षण गुर्नपर्छ भन्ने महसुस हुन थाल्यो । फलस्वरुप उनी बन्यजन्तु तथा प्रकृति का क्षेत्रमा कार्यरत बिबिध संस्था मार्फत सामाजिक परिचालिका का रुपमा काम गर्न थालिन् । उनले प्राकृतिक तथा बन्यजन्तु संरक्षक का रुपमा समाजिक चेतना फैलाउने काममा ठुलो सफलता हासिल गरिसकेकी छिन् । बायो–डाइभर्सिटी, बन्यजन्तु तथा प्रकृति संरक्षण लगायतका क्षेत्रमा दख्खल राख्ने डोमा चितवनको पहिलो मान्यता प्राप्त महिला गाइड समेत हुन् । डब्लुसिएन मार्फत स्वयंसेवक गाइड का रुपमा सक्रिय भुमिका खेल्दै आइरहेकी पौडेल सामाजिक बिकाशका लागी पौढ शिक्षा, चेतनामुलक कार्यक्रम, प्रकृति सम्बन्धी सचेतना जगाउने काममा दत्तचित्त भएर लागि परिरहेकी छिन् । बन्यजन्तु तथा प्रकृति संरक्षणका क्षेत्रमा उनको अदम्य साहस र धैर्यताको कदर स्वरुप उनले सेलेब्रेटिङ वुुमनहुुड नवदेवी सम्मान–२०१० को अन्नपुर्ण अवार्ड हात पार्न सफल भइन् । मोफसलमा रहेर बिबिध चुनौतीको सामना गर्दै उनले प्रकृति तथा लोपोन्मुख गैडाको संरक्षण गरे वापत प्राप्त भएको सफलता संगै उनले आफ्नो खुशी साट्दै भनिन्– हामी जस्ता महिला र हाम्रो सानो कामलाइ कसले वास्ता गर्ला र ? भन्ने लागेको थियो तर राम्रो काम गरे फल पाइदो रहेछ । कसैले नदेखिने गरी हाम्रो कामलाइ नियालिरहेको हुंदो रहेछ । यो सम्मान पाएर आज म ज्यादै खुशी छु । यसले मलाइ कामको मुल्यांकनमा बिकेन्द्रिकरण भएको महसुस गराएको छ । चितवन मा मात्रै होइन अब म आफ्नो यस अभियानलाइ देशब्यापी बनाउने छु । 
 
(७)  भगवती - माया ठकुरी
भारतिय सैनिक बुवा माया ठकुरीको बाल्यकालका धेरै समय प्रवास मै बिते । बुवाको काज संगै स्थान परिवर्तन गरिरहनुपर्ने भएकाले उनले बाल्यकालको पढाईलाइ निरन्तरता दिन सकिनन् । छिमेकीका छोराछोरीले च्यातेर फालेका कागजका टुक्रा–टुक्रा जोडेर उनी लेखपढ गर्थिन् । पढ्नमा औधी रुची राख्ने ठकुरीले पढ्ने उमेरमा कहिल्यै बिद्यालयको मुख देख्न पाइनन् । र पनि लागेको बानी भने झैं उनलाइ पढाइमा झन रस बस्दै गयो । खाने मुखलाइ जुंगाले छेक्दैन भन्ने उक्ति उनको जीवनमा ठ्याक्कै मेल खान्छ । जतिसुकै बाधा ब्यवधान आइपरे पनि उनको लेखपढ गर्ने कार्य कहिल्यै राृकिएन् । फलस्वरुप उनले सहत्यि मार्फ बिभिन्न पुस्तक लेखनमा आफ्नो सम्पुर्ण जीवन अर्पण गरिन् । बाल्यकालमा कुनै चौपचारिक शिक्षा नपाएकी माया ठकुरीका साहित्यिक शब्दले अहिले स्कुल कलेजका पाना भरिएका छन् । ति अहिले बिद्यालय तथा क्याम्पसका पाठ्यक्रम भित्र राखिएका छन् । हिन्दी, बंगाली, तामिल, जापनिज, अंग्रजी लगायतका भाषामा उल्था गरिएका उहांका साहित्य संसारभर उत्कृष्ट मानिन्छन् । त्यसका अतिरिक्त भर्सटायल गायिका मायाका शब्दमा लेखिएका गीतहरु उहांकै स्वरमा रंगमञ्च तथा रेडियोमा घन्किने गर्छन् । नेपाली साहित्यिक क्षेत्रलाइ अनवरत रुपमा उकास्न सफल ठकुरी साहित्यिक उचाइको अनन्त क्षितजबाट समाजलाइ हेर्न सिकाउने योद्धा हुन् । उक्त प्रेरणादायक भुमिकाको कदर गर्दै उनलाइ यस बर्षको सेलेब्रेटिङ वुुमनहुुड नवदेवी सम्मान–२०१०  अन्तर्गतको भगवती बिधालेले सम्मानित गरियो । सम्मान ग्रहण पछि उनले भनिन्– पदक र सम्मानको पनि आ–आफ्नो भाव र महत्व हुदोरहेछ । यसअघि सम्मान त पाइयो तर महिला ले नै महिलालाइ गरेको सम्मान थापेको यो पहिलो पटक हो । युसले पुरातन समाजको अवधारणामा परिवर्तन ल्याउन क्रान्तिकार िभुमिका निर्वाहा गरेको छ । यो एउटी नारीका लागी मात्र सम्मान होइन यो सम्मान समग्र समाज, राष्ट्र र ति महिलाहरुको लागी हो जसले महिला प्रति सद्भाव, सम्मान तथा सहकार्य र समान हैसियतमा बिश्वास राख्दछ । 
 
(८)  शक्ति - फरमान जागा÷ जुबेदा खातुन  
 अर्धनारेश्वर, अर्थात आधा नारी र आधा पुरुष, अथवा भनौं शिव र शक्ति यि दुइ मिलि एउटा सिंगो संरचना खडा हुन्छ ।  जसले समाजमा समान सहभागिता, समान हैसियत अनि समान अस्तित्वको सुचना प्रवाहा गर्छ । आधुनिक समाजमा अर्धनारेश्वरको उदाहरण बन्न सफल सुदुरपश्चिमका जुबेदा खातुन तथा फरमान जागा बिभेदमुलक सामाजिक सरंचनालाइ परिवर्तन गर्न दत्तचित्त भएर लागी परेका ब्यक्तित्व हुन् । कट्टर मुस्लिम परिवार तथा परिवेशका यिनीहरु चुनौतीलाइ अवसर ठान्छन्, सकारात्मक सोचले समाज परिवर्तन गर्न सकिन्छ जसका लागी संघर्षको आवश्यकता पर्दछ भन्ने कुरामा बिश्वास राख्दछन् । एउटी नारी जसको उन्नती तथा बिकाश लागी सबैभन्दा ठुलो कानुन उसको जीवनसाथी हुने गर्दछ । त्यस्तै जीवन साथी पाएर आज जुबेदा समाजमा सम्मानित महिलाको जीवन जिउन सक्षम भएकी छिन् । पढ्दै गर्दा सानै उमेरमा बिवाह बन्धनमा बांधिएकी जुबेदाका ४ सन्तान छन् । उनको पढ्ने इच्छालाइ बुझेर बिबाहको १० बर्ष पछि फरमान आफ्नी श्रीमतीलाइ पुन ः८ कक्षामा भर्ना गरिदिए । शुरुवातका दिनमा उनी आफ्नी श्रीमतीलाइ साईकल पछाडि राखेर स्कुल पुर्याउन  र लिन जाने गर्थे । केही समय यता दुखजिलो गरेर उनले जुबेदाका लागी साइकल किनिदिएका छन् । श्रीमानको सकारात्मक सोचले ल्याएको  सकारात्मक परिणामका कारण जुबेदा अहिले बिभिन्न सस्था मार्फत सामाजिक काममा जुटिरहेकी छिन् । सामुदायिक बन लगायत बिभिन्न संस्थाको सदस्यता लिन पनि उनलाइ फरमानले नै सहयोग गरेका हुन् । सो मार्फत उनले बिबिध सामाजिक सचेतनामुलक काममा आफुसक्दो योगदान गरिरहेकी छिन् भने उनलाइ सन्तानलाइ उनकी सासु र श्रीमानले हेरबिचार गर्दछन् । 
समान सहभागितामा बिश्वास राख्ने तथा भोलीको समतामुलक समाजको खाका आजै कोर्न सफल जोडी फरमान  तथा जुबेदालाई यस बर्षको सेलेब्रेटिङ वुुमनहुुड नवदेवी सम्मान–२०१० अन्तर्गत शक्ति बिधाले सम्मानित गरियो । अवार्ड हातमा लिंदै भावुक भएका उनीहरुले एकै स्वरमा भने– सुन्दा नारी र पुरुषको स्वर सुनिएपनि हाम्रो यो आवाज एउटै हो । यस धर्तीमा नारी र पुरुष एक रथका दुइ पांग्रा हुन् । जसको अस्तित्व र हैसियत समान छ । दम्पत्तीको मेल भए संसारको कुनैपनि शक्तिले पनि कुनै काम गर्नबाट रोक्दैन् । यो सम्मान ले आज प्रष्ट पारिदिएको छ समान सहभागितामा बिश्वास राखेर अगाडी बढ्नु भनेको सबैभन्दा ठुलो जीत रहेछ । यस सम्मानले यदि हामी बिच बांकी कुनै दुरी छ भने त्यसलाइ घटाएर अझै निकट बनँइदिएको छ । महिले पुरुषलाइ पनि संगै राखेर उसको कामको कदर गर्नु पनि समानताको उदाहरण हो । 
 
(९)  सरस्वती - मधु राई
पुर्वाञ्चलकी मधु राई भर्सटायल ब्यक्तित्व हुन् । पत्रकारिता, लेखन, शिक्षण पेशाका अलावा बाताबरण संरक्षक उनका थप परिचय हुन् । बिभिन्न बिधामा सक्रिय मधु राई बाताबरणका मुद्धालाई शैक्षिक पाठ्य पुस्तकमा समेटिनु पर्छ भन्नेमा जोड दिदै अँइरहेकी छिन् । महिलालाइ शिक्षित बनाउनु पर्छ अनि मात्र घर, समाज र राष्ट्र शिक्षित हुन्छ जसले बिकाश निर्धारण गर्दछ भन्ने सिद्धान्तकी पक्षधर राइ महिलाको पढ्ने बानीमा सुधार ल्याउनका लागी आफ्नो स्कुटी पछाडी पुस्तक तथा पत्रपत्रिकाको चाङ्ग लगाएर सबैको ढोका–ढोकामा पुग्छिन् र महिलाहरुलाइ पढ्ने कुरामा हौसला दिन्छिन् । नपढ्दा हुने दुख र अप्ठ्याराका बारे जानकारी गराउंछिन् । फोहोर ब्यबथापनका लागी उनले टोल छिमेक र बाटाघाटामा फालिएका कागजका टुक्रालाइ रिसाइकल गरी आकर्षक सामग्री तयार पार्ने कार्यमा धेरैलाइ काम दिइसकेकी छिन् । त्यसबाट बनेका सुन्दर र कलात्मक डस्टबिन, पेन तथा कार्ड होल्डर, ढकिाया लगायतका सामग्रीको बेचखिनबाट प्राप्त हुने रकमले को केही अंशले पुस्तकालयको किताब किन्न भरथेग पुगेको छ । त्यसका अलावा उनले आफुले पढाउने बिद्यालयमा सबै रिसाकइल गरिएका कागजबाट बनेका सामग्रीको प्रयोग गरेकी छिन् । उनले खोलिदिएको पुस्तकालयले धेरैको पढ्ने बानीमा सुधार आएको छ ।  फोहोर ब्यवश्थापन, महिलाको पढ्ने बानीमा सुधार, नयां शैक्षिक पद्धतिको बिकाशका साथै बातावरणका क्षेत्रमा खेलेको महत्वपुर्ण भुमिकाका लागी उनलाइ सेलेब्रेटिङ वुुमनहुुड नवदेवी सम्मान–२०१० अन्तर्गतको सरस्वती बिधाले सम्मानित गरियो । सम्मान ग्रहण पछि आफ्नो कामको मुल्यांकन भएकोमा हर्षित हुदै उनले भनिन्– सम्मानकै लागी भनेर काम गरेकी थिइन् । गर्दै जांदा यो पनि सम्भव रहेछ तर लागेको कामलाइ अधुरै छोड्न भने हुदोरहेनछ । आज यो सम्मानले म मा जांगर भरिदिएको छ । जोश पैदा गरिदिएको छ । राम्रो काम गरे कसै न कसैले यसको मुल्यांकन गर्दो रहेछ भन्ने कुरामा आशा जगाइदिएको छ ।  
बिराटनगर उप–महानगरपालिकाद्धारा भर्खरै बातारण संरक्षणको क्षेत्रमा योगदान पर्याए बापत कदर पत्र तथा नगद रु ११ हजारबाट सम्मानित भएकी राइको सीप तथा पहलको कदर गर्दै उप महानगरपालिकाले सबै वडामा ठोस फोहोर ब्यवश्थापन अन्तर्गत कागजको पुर्नचक्रण सम्बन्धी तालिम शुरु गरेको छ । जसमा राइ स्वयं प्रशिक्षकको रुपमा कार्यरत छिन् ।